बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

हेर्नुहोस् भदौ १८ गते शनिवार (सेप्टेम्बर ३ तारिख) को राशिफल, दक्षिणकाली माताले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • शुक्रबार, भाद्र १७ २०७९
5.1K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १८ गते शनिबार (इश्वी सन २०२२ सेप्टेम्बर ३ तारिख) भाद्र शुक्लपक्ष सप्तमी तिथी पश्चात अष्टमी अनुराधा नक्षत्र वैधृती योग वणिज करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु महालक्ष्मीव्रत आरम्भ दुर्वाष्टमी,गौरापर्व थकाली फालोपर्व ।

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ)
बोलीको प्रभावमा कमी आउनेछ । आफन्तजनहरुसंगको सम्धन्मा सामान्य मनमुटावको स्थिती बन्न सक्छ । नजिकका व्यक्तिहरुले धोका दिन सक्छन् । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । पारिवारिक भेटघाटमा बढि समय व्यतित हुनेछ । कार्य सफल गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अधुरा कामहरु पुरा हुने योग रहेको छ । जीवनसाथीसंगको सम्बन्ध सुमधुर बन्नेछ । आफन्तजनको सहयोगबाट कार्य सफल हुनेछ । ब्यापार ब्याबसायमा समान्य रहेको छ । पारिवारको सहयोग मिल्नेछ । सामुहिक कार्य नगरेकै राम्रो हुनेछ । नयाँ कार्यको थालनी गर्न सहि समय रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । प्रतिस्पर्धात्म कार्यमा सफलता प्राप्त गर्न मुस्किल पर्नेछ । साझेदारी काम नगरेकै राम्रो हुनेछ । शारिरिक आलस्यताले सताउने छ । पारिवारिक भेटघाटमा बढि समय खर्च हुनेछ । आय आर्जनको क्षेत्र मध्यम रहेको छ । आकस्मिक आर्थिक अभावको सामना गर्नु पर्ने हुन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरुका कारण आफुले अपजस सहनु पर्ने हुन्छ । नयाँ कार्य गर्दा विशेष ध्यान दिनुहोला । साझेदारी कार्यबाट लाभ मिल्नेछ । सामाजिक कार्य गर्न मन जानेछ । सामुहिक कार्यमा बढि समय खपत हुनेछ । नयाँ साथीभाईको खासै विश्वास नगर्नुहोला । आय आर्जनको क्षेत्र राम्रो रहेको छ । आज गरेको लगानीबाट दिर्घकालीन फाइदा मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारको सहयोग मिल्नेछ । मान्यजनहरुको सहयोगबाट अपुरा कार्यहरु पुरा हुने छन् । पति पत्नी विचको सम्बन्धमा सामान्य मनमुटावको स्थिती बन्न सक्छ । काम गर्न थप जोश जागर चल्नेछ । भौतिक साधनको प्रयोगमा बढि समय खपत हुनेछ । सन्तानबाट सुख मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परिश्रम गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रियजनहरुबाट साथ सहयोगमा कमी आएको महसुस हुनेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबी आउन सक्नेछ । मित्रजनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा खासै मन जाने छैन ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साझेदारीमा भने सामान्य खटपटको स्थिती उत्पन हुन सक्नेछ । काममा धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मित्रजनहरुसंगको सम्बन्धमा फाटो आईपर्न सक्दछ । प्रियजनको सहयोमा गरिएको ब्याबसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साझेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन । मनमा सामान्य चिन्ताको स्थिती बन्न सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठन पाठनको सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुन सक्नेछ । नयाँ काम प्रारम्भ गर्नका राम्रो हुनेछ । साझेदारी लगानी नगरेकै राम्रो हुनेछ । मान्यजनको सहयोगबाट भाग्योदयको योग रहनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । काम गर्न थप जोश जागर बढेर आउनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गरिरहेको कामबाट सामान्य तनाबको सामना गर्नु पर्नेछ । अधिक मेहनतबाट मात्र कार्य सफल हुनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा बढि समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । नयाँ कार्य गर्न मन जानेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामान्य कार्यबाट पनि सफलता प्राप्त हुनेछ । यात्राको क्रममा मान सम्मान मिल्ने गयो रहेको छ । मान्यजनहरुको सहयोगबाट भाग्योदय हुनेछ । मित्रजनहरुको सम्बन्धमा झनै सामिप्यता बढ्नेछ । परिवारबाट खासै सहयोग नहुन सक्छ । साझेदारी ब्यावसायमा सामान्य मनमुटावको स्थिती बन्न सक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा