आइतबार, कार्तिक ३० २०८३
ताजा अपडेट

हेर्नुहोस् भदौ १६ गते बिहिबार (सेप्टेम्बर १ तारिख) को राशिफल, मनकामना माताले सबैको कल्याण गरुन् !


  • बुधबार, भाद्र १५ २०७९
5.3K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १६ गते बिहिबार (इश्वी सन २०२२ सेप्टेम्बर १ तारिख) भाद्र शुक्लपक्ष पञ्चमी तिथी स्वाती नक्षत्र ब्रह योग वालव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा स्थिर योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु ऋषिपञ्चमीव्रत सप्तर्षीपूजा कोखजावीय,धर्मविनायक राष्ट्रिय रथयात्रा विरुडा पञ्चमी ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्यको थालनी गर्नका लागि राम्रो रहेको छ । मानसम्मान मिल्ने योग रहेको छ । प्रियजनको सहयोगबाट अपुरा कामहरुमा सफलता प्राप्त हुनेछ । यात्रा गर्ने अवसर आउने छ । परिवारबाट खासै सहयोेग नपाइन सकिनेछ । विलासी सामानहरुको खरिद गर्न मन जानेछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतियोगितात्मक कार्यमा सफलता पाउनका लागि अधिक मेहनत गर्नु पर्ने हुन्छ । सामान्य आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । परिवारबाट टाढा भएको महसुस हुनेछ । यात्रा गर्न विशेष ध्यान दिनुहोला । खानपानका कारण सामान्य स्वास्थ्यमा समस्या देखा पर्न सक्दछ । सामुहिक कार्य गर्न मन जानेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामान्य आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ । सत्रु पक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । आँखा सम्बन्धि समस्याले सताउन सक्छ । सौन्दर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रा गर्ने अवसर आउने छ । बोलीको प्रभाव बढ्नेछ । गरिरहेको कार्यबाट आम्दानी बढ्नेछ । आफुले बोलेको कुरामा राम्रो समर्थन पाउनु हुनेछ । पठन पाठनमा राम्रो सफलता पाउनु हुनेछ । प्रतियोगितामा भाग लिँदा सफलता पाउनु हुनेछ । आफुले गरेको काममा चौतर्फी प्रशंसा पाउनु हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । आट साहसको बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तजन तथा मान्यजनहरुबाट साथ सहयोगमा कमि आउनेछ । खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्दछ । मेहनत अनुसार कार्य सफल नहुन सक्दछ । निर्णय लिने क्षमतामा बृद्धि आउनेछ । मित्रजनहरुबाट सामान्य धोका हुन सक्दछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समान्य झण्झड आउन सक्नेछ । अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घर बाहिरको यात्रा जाने अवसर आउन सक्नेछ । सभा सम्मेलनमा बढि समय जानेछ । सामाजि कार्य गर्न मन जानेछ । अरुको चाडै विश्वास जित्ने योग रहेको छ । पारिवारिक रुपमा सामान्य मनमुटाबको स्थिति बन्ने सक्नेछ । अधिक मेहनतबाट मात्र काम सफल हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साथीभाईहरुसंगको सम्बन्धमा सामान्य मनमुटावको स्थिति बन्न सक्नेछ । अरुका कारण काममा अपजस आइपर्न सक्नेछ । नजिकका व्यक्तिहरुको धोका दिन सक्ने छन् । मान्यजनहरुको सल्लाहमा गरिएको कार्यमा सफलता पाउनु हुनेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछन् । अध्ययनको क्षेत्रमा राम्रो रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको प्रभावमा कमी आउनेछ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्दछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । मनमा डर पैदा हुन सक्दछ । मान्यजनहरुको सहयोगबाट आम्दानीमा बृद्धि हुने छ । सभा सम्मेलन जस्ता कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । सामुहिक कार्यमा मन जानेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा