मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

हेर्नुहोस् भदौ १५ गते बुधवार (अगस्ट ३१ तारिख) को राशिफल, पाथीभरा माताले सबैको कल्याण गरुन् !


  • KTM Khabar
  • मंगलबार, भाद्र १४ २०७९
3.3K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १५ गते बुधबार (इश्वी सन २०२२ अगस्ट ३१ तारिख) भाद्र शुक्लपक्ष चतुर्थी तिथी चित्रा नक्षत्र शुक्ल योग भद्रा करण चन्द्रमा कन्या राशिमा पश्चात तुला राशिमम आनन्दादि योगमा काल योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु श्रीगणेशचतुर्थीव्रत राष्ट्रिय धर्मसभा स्थापना दिवस ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक कार्य गर्न मन जानेछ । ब्यापारको क्षेत्रमा राम्रो रहेको छ । कार्य क्षेत्रमा गरेका लापरबाहीका कारण सामान्य झण्झट आइपर्न सक्छ । जीवनसाथीको सहयोगबाट गरेको कार्यमा सफलता प्राप्त हुनेछ । विलासी सामानको खरिद गर्न मन जानेछ । पठन पाठनमा राम्रो रहेको छ । प्रतियोगितात्मक कार्यमा सफलता मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार ब्याबसायमा आम्दानी बढ्नेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय खपत हुनेछ । मान्यजनहरुको सल्लाहमा गरेको कार्यमा सफलता पाउनु हुनेछ । परिवारको सहयोग मिल्नेछ । यात्रा गर्ने अवसर आउनेछ । चाडो क्रोध उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक रुपमा मेलमिलाप हुनेछ । सभा सम्मेलन जस्ता कार्यमा बढि समय व्यतित गर्नु हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सामान्य दरार उत्पन्न हुन सक्नेछ । धैर्य गर्न सक्ने क्षमतामा बृद्धि हुनेछ । आय गर्ने कार्यको थालनी हुनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधिक मेहनतबाट मात्रै गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ । मानसिक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ता बढ्न सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहनेछ । सामान्य स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्यको थालनीमा विशेष ध्यान दिनु होला । बोलीको प्रभावका कारण नयाँ मित्रहरु बढ्ने योग रहेको छ । सामान्य चोट पटक लाग्न सक्नेछ । मान्यजनहरुको सम्बन्धमा सामान्य विवाद उत्पन्न हुन सक्नेछ । निर्णय गर्न सक्ने क्षमतामा बृद्धि हुनेछ । यात्रा गर्न विशेष सजग रहनु होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारी कार्यमा खासै राम्रो रहेको छैन । निर्णय गर्ने क्षमतामा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आटमा कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबी देखा पर्नेछ । दिन मध्ययम रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक कार्यमा मन जानेछ । सामुहिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढेर जानेछन् । मित्र तथा दाजुभाई बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताले सताउ सक्नेछ । मान्यजनको स्वास्थ्यमा आएको खराबीका कारण सामान्य खर्चको सम्भाबना रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आय मूलक कार्यमा जुट्ने माध्यम आउनेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । पारिवारिक साथ सहयोग पाउनु हुनेछ । प्रतियोगितात्मक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सभा सम्मेलनमा जस्ता कार्यमा बढि समय व्यतित हुनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सामुहिक कार्यमा मन जानेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरुका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बढ्ने छ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । ब्यापार ब्याबसायमा राम्रो रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा गर्दा विशेष ध्यान दिनुहोला । विलासी सामानको खरिद गर्न मन जानेछ । सामान्य खर्च बढ्नेछ । बोलीको प्रभावमा बृद्धि हुने छ । गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ । इष्टमित्रहरुसंगको सम्बन्धमा सामान्य विवाद उत्पन्न हुन सक्नेछ । परिवारबाट सहयोग मिल्नेछ । शारिरिक आलस्यताले सताउन सक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा