आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १३ गते सोमबार (इश्वी सन २०२२ अगस्ट २९ तारिख) भाद्र शुक्लपक्ष द्वितिया तिथी उत्तरफाल्गुनी नक्षत्र साध्य योग कौलव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा श्रीवत्स योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु तिजको दर खानेदिन ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामान्य खर्च बढ्ने योग रहेको छ । गरिरहेको कार्यमा झण्झट हुन सक्नाले मनमा चिन्ता बढ्नेछ । स्वास्थ्यमा समान्य समस्या आउन सक्नेछ । पठन पाठनमा राम्रो रहेको छ । विश्वास गर्नाले नजिकको व्यक्तिबाट धोका हुनेछ । सामाजिक कार्यमा मन जानेछ । कुरा काट्नेहरु संख्या बढ्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा राम्रो रहेको छ । प्रतियोगितात्म कार्यमा सफलता मिल्नेछ । आफुभन्दा सानाबाट गरिएको कार्यमा सफलता प्राप्त हुनेछ । नयाँ कार्यको थालनी गर्ने अवसर प्राप्त हुनेछ । शारिरिक आलस्यताले सताउनेछ । बोलीको प्रभावमा कमी आउनेछ । निर्णय लिने क्षमता कमी हुनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारबाट सहयोग मिल्नेछ । भौतिक साधनको प्रयोगमा बढि समय खपत हुनेछ । कार्य क्षेत्रमा शारिरिक आलश्यताले सताउनेछ । सामाजि कार्यमा मन जानेछ । सामुहिक कार्य नर्ग मन जानेछ । गरिरहेका कार्यबाट मान्यजनहरुको मन जितिनेछ । मनमा सामान्य चिन्ताले सताउनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बल तथा प्रराक्रमका बृद्धि हुने योग रहेकोछ । नयाँ साथीहरुसंगको भेटघाटमा व्यस्त भइनेछ । आफुले गरेको कार्यको जस अरुले नै प्राप्त गर्नेछन् । दाजुभाईसंगको सम्बन्धमा सुधार आउनेछ । इन्टमित्रहरुको सहयोग मिल्नेछ । खानपानमा विशेष ख्याल पुर्याउनु होला जसले स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज गरेको लगानीले दिर्घकालिन फाइदा मिल्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु पुरा हुनेछन् । आम्दानि मध्यम रहने समय रहेको छ । विलासी सामान खरि गर्ने योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेर जस्ता कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बोलीको प्रभावमा कमी आउने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरिरहेको कार्यमा सफलता पाउनका लागि अधिक मेहनत गर्नु पर्ने हुन्छ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्रजनहरुबाट सहयोग हुनेछ । सन्तान सुख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक कार्यमा मन जानेछ। सभा सम्मेलन जस्ता कार्यमा सामान्य मान सम्मानको मिल्नेछ । मान्यजनहरुको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । भौतिक साधनको प्रायोगमा साबधानी अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मीक क्षेत्रको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मित्र तथा दाजुभाईसंगको सम्बन्धमा सामान्य तिक्तता आउन सक्नेछ । अरुले गरे सामान्य त्रुटिको अपजस आफुलाई आइलाग्न सक्नेछ । सामान्य तनावलाई सामना गर्नु पर्ने हुन सक्छ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य त्रुटिले मानसिक चिन्ता थपिनेछ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिश्वासिला ब्यत्तित्वहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । आफन्तहरुसंगको सम्बन्धमा सामान्य मनमुुटाब हुन सक्नेछ । मनमा डर पैदा हुन सक्छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौद्धिक व्यक्तिहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा उत्तम समय रहेको छ । आम्दान बढ्ने योग रहेको छ । ब्यापार ब्याबसायमा सफलता पाउनु हुनेछ । यात्रा गर्ने अवसर आउनेछ । सन्तान सुख हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । सवारी साधनको प्रयोग बढि समय व्यतित हुनेछ ।