आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १२ गते आइतबार (इश्वी सन २०२२ अगस्ट २८ तारिख) भाद्र शुक्लपक्ष प्रतिपदा तिथी पूर्वफाल्गुनी नक्षत्र सिद्ध योग वव करण चन्द्रमा सिहं राशिमा आनन्दादि योगमा छत्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु गुँलाधर्म समाप्ती ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ब्यापार ब्याबसायमा मध्यम आम्दानी हुनेछ । आफन्तजनहरुसंगको भेटघाटले मन प्रशन्न हुनेछ । शारिरिक आलस्यताले सताउनेछ । खानपानमा विशेष ध्यान दिनु होला जसले स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । बौद्धिक व्यक्तिहरुसंग भेटघाट हुने अवसर आउनेछ । गरिरहेका कार्य गर्न जोश थपिनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ब्यापार ब्याबसायमा आम्दानी बढ्नेछ । नयाँ ब्याबसायको थालनी गर्दा राम्रो रहेको छ । परिवारबाट खासै सहयोग पाइने छैन । बोलीको प्रभाव बढ्नेछ । निर्णय लिने क्षमतमा बृद्धि हुनेछ । भौतिक साधनको प्रयोगमा बढि समय खर्च हुनेछ । मान्यजनहरुबाट गरेको कार्यमा सफलता पाउनु हुनेछ । पठन पाठनमा राम्रो रहेको छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाईहरुसंगको सम्बन्धमा सामान्य मनमुटावको स्थिती बन्नेछ । भौतिक साधनको प्रयोगमा बढि समय खर्च हुनेछ । पुरानो लगानी उठाउनका लागि सहि समय रहेको छ । अधिक मेहनतबाट मात्र कार्य सफल हुनेछ । मान्यजनहरुको सल्लाहमा गरेको कार्यमा सोचे जस्तो सफलता पाउनु हुनेछ । यात्रा गर्ने अवसर आउनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य चोटपटकको सिकार भईन सकिनेछ सजग रहनु होला । मान्यजनसंग सामान्य घटपटको स्थिति बन्न सक्नेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । प्रतिस्र्धात्म कार्यमा सफलता प्राप्त गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ । तपाईले गरेको कार्यबाट अरुले जस लिनेछन् । बोलीको प्रभाव बढ्नेछ । आजको कार्यबाट दिर्घकालिन फाइदा हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
निर्णय गर्ने क्षमतामा सामान्य कमी हुनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साझेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
एक्लोपनको महसुस हुनेछ । नयाँ कार्य क्षेत्रमा लगानी गर्नका लागि साखै राम्रो समय छैन् । खराब संगतका कारण सामान्य अपजस सहनु पर्ने हुन्छ । प्रियजनको सहयोगबाट गरिएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुरानो लगानि उठाउनको लागि उत्तम समय रहेको छ । मित्रजनको साथ सहयोगले कार्य सम्पादनमा मद्धत पुग्नेछ । प्रतियोगितामा विशेष सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नेतृत्व गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ । ब्यापार ब्यवसायबाट राम्रो लाभ हुनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ । पठन पाठनमा राम्रो रहेको छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष सावधानी अपनाउनु होला । अरुले गरेको कार्यको श्रेय आफुलाई आउने हुँदा मन प्रशन्न हुनेछ । नजिकका साथीभाइहरुबाट धोका हुन सक्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विलासी कुराहरुमा बढि खर्च हुनेछ । बोलीको प्रभावमा कमी हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सामान्य मनमुटाव हुनेछ । पारिवारिक झमेलाले केही समय सताउनेछ । भोज भतेर जस्ता कार्यमा सहभागि हुने अवसर आउनेछ । सामान्य यात्राको अवसर आउनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको सहयोगबाट गरिएको कार्यबाट आम्दानी बढ्नेछ । बोलीको प्रभाव बढ्नेछ । विलासी क्षेत्रका बढि समय व्यतित हुनेछ । सामाजिक कार्यमा मन जानेछ । अपुरा कार्यहरुमा सफलता प्राप्त गर्नु हुनेछ । पठन पाठनमा राम्रो रहेको छ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफुले बोलीको कुरामा गलत अर्थ लाग्नाले नजिकका साथीभाईहरु रुष्ट हुनेछन् । स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ । सामान्य खर्च बढ्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन सक्छ । प्रतियोगिताहरुमा सफलता प्राप्त गर्न अधिक मेहनत गर्नु पर्ला । परिवारबाट सहयोग मिल्नेछ । निर्णय लिने क्षमता बढ्नेछ ।