शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

हेर्नुहोस् भदौ १० गते शुक्रवार (अगस्ट २६ तारिख) को राशिफल, कालिञ्चोक माताले सबैको रक्षा गरुन् !


  • बिहिबार, भाद्र ९ २०७९
18.5K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १० गते शुक्रबार (इश्वी सन २०२२ अगस्ट २६ तारिख) भाद्र कृष्णपक्ष चतुर्दशी तिथी अश्लेषा नक्षत्र परिध योग शकुनी करण चन्द्रमा कर्कट राशिमा पश्चात सिहं राशिमा आनन्दादि योगमा मृ’त्यु योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अप्रिय खबरले मनमा चिन्ता थपिनेछ । मान्यजनहरुबाट खासै सहयोगको अपेक्षा नगर्दा राम्रो हुन्छ । पारिवारिक रुपमा सहयोग नमिल्न सक्दछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । प्रतियोगितात्म कार्यमा सफल हुने योग रहेको छ । आम्दानी मध्यम हुनेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय ब्यतित हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीभाईको कारण अपुरा काममा सफलता मिल्ने योग रहेको छ । प्रियजनहरुसंग भेटघाट तथा यात्रा गर्ने अवसर आउनेछ । गरेको कार्यमा जस पाउनु हुनेछ । अध्ययन अध्यापनमा राम्रो रहेको छ । परिवारका सदस्यमा आएको स्वास्थ्य समस्याले सामान्य चिन्ता बढ्ने हुन सक्दछ । गरिरहेका कार्यमा राम्रो सफलता पाउनु हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खानपानमा विशेष ख्याल पुर्याउनु होला जसको कारण स्वास्थ्यमा गडबढी हुन सक्नेछ । भोज भतेर जस्ता कार्यमा सहभागि हुनु पर्ने हुन्छ । बोलीको प्रभाव बढेर जानेछ । निर्णय गर्ने क्षमतामा कमी आउन सक्नेछ । यात्रा गर्दा ध्यान दिनु होला जसमा सामान्य झण्झट आइपर्न सक्नेछ । रचनात्मक कार्यमा मन जानेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेता पनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आईपर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिह?को साथ छुट्नाले मनमा आघात पुग्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सभासम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगतद्वारा मन प्रशन्न रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेको छ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसंगकाे सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शंका उपशंकाकाे निबारण हुने दिन रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्नहुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तपाईको कार्यमा त्रुटि देखाउनेहरुको बृद्धि हुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन अध्यापनमा राम्रो हुने योग रहेको छ । साथीभाईसंगको भेटघाटमा बढि समय खर्च हुनेछ । ब्यापार ब्याबसायमा आम्दानी बढ्नेछ । रचनात्मक गतिविधिमा सहभागि हुने अवसर पाइनेछ । स्वास्थ्य सामान्य समस्या आउन सक्नेछ जसको कारण खर्च बढनेछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । बोलीको प्रभाव बढेर जानेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा