शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भदौ ९ गते बिहीबार (अगस्ट २५ तारिख) को राशिफल हेर्नुहोस्, मनकामना माताले सबैको रक्षा गरुन् !


  • बुधबार, भाद्र ८ २०७९
9.7K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ ९ गते बिहिबार (इश्वी सन २०२२ अगस्ट २५ तारिख) भाद्र कृष्णपक्ष त्रयोदशी तिथी चतुर्दशी तिथी तिष्य नक्षत्र वरियान योग वणिज करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा गद योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु राष्ट्रिय धर्मसभा दिवस जुसः चह्रेपूजा ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नो कमजोरीका कारण अरुले नै फाइदा लिन सक्नेछन् । घर बाहिरको यात्रा जाने अवसर आउन सक्नेछ । सभा सम्मेलनमा बढि समय जानेछ । सामाजि कार्य गर्न मन जानेछ । अरुको चाडै विश्वास जित्ने योग रहेको छ । पारिवारिक रुपमा सामान्य मनमुटाबको स्थिति बन्ने सक्नेछ । अधिक मेहनतबाट मात्र काम सफल हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समान्य झण्झड आउन सक्नेछ । अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ । परिवारबाट सहयोग मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तजन तथा मान्यजनहरुबाट साथ सहयोगमा कमि आउनेछ । खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्दछ । मेहनत अनुसार कार्य सफल नहुन सक्दछ । निर्णय लिने क्षमतामा बृद्धि आउनेछ । मित्रजनहरुबाट सामान्य धोका हुन सक्दछ । अध्ययन अध्यापनमा राम्रो रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित ब्यतित गर्नु पर्ने हुन्छ । गरिरहेको कार्यभन्दा फरक तरिकाको कार्य गर्ने अवसर आउन सक्नेछ । मन चन्चल रहनाले निर्णय लिने क्षमतामा कमी आउने छ । प्रेम सम्बन्धमा घनिष्टता थपिनेछ । ब्यापार ब्यवसायमा राम्रो रहेको छ । कडा मेहनतका बावजुत कार्य सफल हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कसैलाई पनि झट्ट विश्वास नगरि हाल्नुहोस् । शत्रु बढ्नेछन् । विश्वासिलो भनिएकाबाट पनि धोका हुन सक्दछ । प्रतिस्र्धात्म कार्यमा सफलता पाउनका लागि कडा मेहनत गर्नु पर्ने हुन्छ । नयाँ लगानी गर्ने अवसर आउन सक्नेछ । साझेदारी लगानी नगरेकै बेस हुनेछ । निर्णय लिने क्षमतामा कमी आउनेछ । बोलीको प्रभाव बढनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झण्झ आइपर्न सक्नेछ । स्वास्थमा सामान्य गडबढि रहनसक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । बौद्धिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । पठन पाठनमा सफलता मिल्नेछ । आटेका काममा सफलता पाउनु हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक कार्य गर्न मन जानेछ । नजिक भनिएका मान्यजन तथा मित्रजनबाट नसोचेको धोका हुनेछ । सामान्य त्रुटीमा पनि ठुलो अपजस आउन सक्नेछ । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला । स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्नेछ । पारिवारिक तथा मनोरञ्जनका क्षेत्रमा बढि समय खपन हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । आट साहसको बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्य आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ । सत्रु पक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । आँखा सम्बन्धि समस्याले सताउन सक्छ । सौन्दर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा गर्ने अवसर आउने छ । बोलीको प्रभाव बढ्नेछ । गरिरहेको कार्यबाट आम्दानी बढ्नेछ । आफुले बोलेको कुरामा राम्रो समर्थन पाउनु हुनेछ । पठन पाठनमा राम्रो सफलता पाउनु हुनेछ । प्रतियोगितामा भाग लिँदा सफलता पाउनु हुनेछ । आफुले गरेको काममा चौतर्फी प्रशंसा पाउनु हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा