सोमबार, माघ २३ २०७९
ताजा अपडेट

हेर्नुहोस् भदौ ७ गते मङ्गलवार (अगस्ट २३ तारिख) को राशिफल, गणेश भगवानले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • मंगलबार, भाद्र ७ २०७९
7.8K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ ७ गते मङ्गलवार (अगस्ट २३ तारिख) को राशिफल :

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ब्यापार ब्याबसायमा आम्दाी बढेर जानेछ । नयाँ लगानी गर्दा राम्रो हुने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगबाट गरिएको कार्यमा विशेष फाइदा पुग्नेछ । बोलीको प्रभाव बढेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्दछ । जीवनसाथीसंग झनै सुमधुर सम्बन्ध बन्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा चिन्ता बढ्ने योग रहेको छ । सामाजिक कार्यमा मन जानेछ । बोलीको प्रभावमा कमी आउनेछ । परिवारको सहयोगबाट गरेको कार्यमा सफल भइनेछ । साझेदारी रुपमा नयाँ लगानी नगर्दा नै राम्रो हुनेछ । यात्रा गर्दा सजग रहनु होला । विलासी सामान खरिद गर्न मन जानेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक काममा मन जानेछ । अकस्मात खर्च हुने योग रहेको छ । मान्यजनले दिएको सल्लाह बमोजिम गरेको कार्यमा सफलता प्राप्त हुनेछ । शारिरिक आलस्यपनले सताउने छ । मनमा चञ्चलता आउनेछ । परिवारबाट साथ सहयोग पाउनु हुनेछ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नजिकका साथीबाट धोका पाइन सक्छ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । अधिक मेहनत गर्दा पनि सफलता हासिल गर्न गाह्रो हुनेछ । यात्रा गर्ने अवसर पाइनेछ । खानपान गर्दा विशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्नेछ । नयाँ कार्यको थालनी गर्ने योग रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुराना साथीहरुसंग अकस्मात भेटघाट हुनेछ । मनोरञ्जनको क्षेत्रमा बढि समय व्यतित गर्नुहुनेछ । साथीहरुसंगको भेटघाटले मनमा प्रशन्नता छाउनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि आउनेछ । प्रतिस्र्धात्मक कार्यमा सफलता हासिल गर्न अधिक मेहनत गर्नु पर्नेछ । अरुलाई छिटो विश्वास गर्नाले सामान्य झण्झट आइ पर्न सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सम्पादनमा भएका सामान्य त्रुटिले अपजसको सामना गनु पर्ने हुन्छ । अनावश्यक रुपमा यात्रा गर्नु पर्ने हुनसक्छ । प्रतिस्पर्धि कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबनसाथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मान सम्मान प्राप्ति हुने योग रहेको छ । पुराना साथीभाई तथा प्रियजनहरुको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन गर्न मन जानेछ । निर्णय गर्ने क्षमतामा कमी आउनेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले अपजस सहनु पर्ने हुन सक्दछ । शत्रु सबल रहने योग रहेको छ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । बल पराक्रममा बृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौद्धिक ब्यत्तित्वहरुको अनुसरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा