आइतबार, माघ २२ २०७९
ताजा अपडेट

हेर्नुहोस् भदौ ६ गते सोमबार (अगस्ट २२ तारिख) को राशिफल, पशुपतिनाथले सबैको रक्षा गरुन्


  • KTM Khabar
  • आइतबार, भाद्र ५ २०७९
9.3K
SHARES

फाईल तस्बिर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ ६ गते सोमबार (इश्वी सन २०२२ अगस्ट २२ तारिख) भाद्र कृष्णपक्ष एकादशी तिथी मृगशिरा नक्षत्र पश्चात आद्र्रा नक्षत्र वज्र योग वालव करण चन्द्रमा मिथुन राशीमा आनन्दादि योगमा आनन्द योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारको सहयोगबाट गरिएको काममा सफलता पाउनु हुनेछ । महत्वपुर्ण कार्यक्रममा सहभागि हुने अवसर आउनेछ । यात्रा गर्ने अवसर पाउनु हुनेछ । नयाँ साथीभाई बनाउने योग रहेको छ । अधुरा कार्यमा सफलता पाउनु हुनेछ । बोलीको प्रभाव बढ्नेछे । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिस्र्धात्म गतिविधिमा सफलता पाउनु हुनेछ । मान्यजनहरुको सल्लाहबाट गरेको काममा सफलता पाउनु हुनेछ । मित्रजनहरुसंग भेटघाट तथा यात्रा गर्ने अवसर पाउनु हुनेछ । निर्णय लिने क्षममा बृद्धि आउने छ । ब्यापार ब्यावसायमा राम्रो हुनेछ । काम गर्दा विशेष ध्यान पुर्याएर मात्रै गर्नुहोला सामान्य अपजस आउन सक्दछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आनपानमा विशेष ख्याल गर्नुहोला खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ । भौतिक साधको प्रयोगमा विशेष ध्यान दिनुहोला । खराब संगतका कारण सामान्य अपजस आउन सक्नेछ । अधिक मेहनतबाट मात्र काममा सफलता पाउनु हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सुमधुर हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ब्यापार ब्याबसायमा आम्दानी बढ्ने योग रहेको छ । स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । पारिवारिक भेटघाटमा बढि समय व्यतित हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । नयाँ कार्यको सुरुवात गर्ने अवसर आउनेछ । पढाइको क्षेत्रमा राम्रो रहेको छ । मनमा चञ्चलपन अउनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिदी बहिनीहरुको साथ सहयोगले अपुरा कामहर बन्नेछन्। आक्स्मिक धन लाभको सम्भाबना रहेको छ । बौद्धिक व्यक्तिहरुको भेटघाटमा बढि समय व्यतित हुनेछ । सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौद्धिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ध्यान नपुर्याउदा काम गर्ने क्रममा समस्या आउन सक्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ने हुन्छ। मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व विकासमा जुट्ने समय रहेको छ । मित्रजनको साथ सहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साझेदारी काममा नहालेकै बेश हुनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्यबाट फाईदा लिनेहरु अरु नै हुनेछन् । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अकस्मात धनलाभको योग रहेको छ । बौद्धिक भेटघाट तथा नयाँ कार्य गर्ने अवसर आउनेछ । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको काममा सामान्य समस्या आउन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ । परिवारिका साथ सहयोग पाउनु हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सुमधुरता छाउनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा