आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १ गते बुधबार (इश्वी सन २०२२ अगस्ट १७ तारीख) भाद्र कृष्णपक्ष षष्ठी तिथी अश्विनी नक्षत्र गण्ड योग गर करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा मृ*त्यु योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु भाद्र संक्रान्ति क्रीर्तिपुर बाघभैरब यात्रा वल्केपर्व ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारबाट साथ सहयोग मिल्नेछ । मनोरञ्जनको क्षेत्रमा बढि समय व्यतित हुनेछ । सामाजिक कार्य गर्न मन जानेछ । ब्यापार ब्याबसायमा राम्रो रहेको छ । नयाँ कार्यको थालनी गर्ने अवसर पाउनु हुनेछ । प्रतिस्र्धात्मक कार्यमा सफलता प्राप्त गर्नु हुनेछ । अधुरा कामहरु पुरा हुने योग रहेको छ । साथीभाईहरुसंग सामान्य मनमुटाव हुन सक्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरुका कारण अपजस आउन सक्दछ । नयाँ साथी बनाउदा ध्यान दिनुहोला होला । प्रतिस्पर्धात्म गतिविधिमा अधिक मेहन पश्चात मात्र सफलता प्राप्त हुनेछ । खर्च बढ्ने योग रहेको छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ । मान्यजनहरुको सहयोगबाट राम्रो कामको सुरुवात हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कार्यको थालनी गर्ने अवसर प्राप्त हुनेछ । प्रतियोगिताहरुका सफलता हासिल गर्नु हुनुहुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा निकै राम्रो रहेको छ । ब्यापार ब्यावसायमा राम्रो आम्दानी बढ्नेछ । दिनभर मनमा आनन्दपनको महसुस हुनेछ । मित्रजनहरुको साथ सहयोगबाट सम्पादित कार्य पुरा हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधिकतम परिश्रम गरे पनि काममा सफलता हासिल नहुन सक्दछ । मनमा खिन्नताको भाव पैदा हुनेछ । मान्यजनहरुबाट खासै सहयोग हुदैन । भौतिक साधनको प्रयोगमा बढि समय व्यतित हुनेछ । खर्च बढ्नेछ । परिवारको सहयोगबाट आम्दानीमा केही सुधार हुनेछ । जीवनसाथीसंग सुमधुर सम्बन्ध रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ । मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै बेशहुनेछ । शारीरिक आलस्यताले सताउनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवार बाटँ टाढाँ भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघिनबढ्नु होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बालीको प्रभाव बढ्नुको साथै अपुरा काममा सफलता पाउनु हुनेछ । सामान्य चोटपटक लाग्न सक्दछ । मान्यजनसंगको सम्बन्धमा मनमुटाब हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । गरिरहेको काममा सफलता पाउनु हुनेछ । पुराना साथीभाईहरुसंग अचान भेटको अवसर मिल्नेछ ।