आइतबार, असोज १६ २०७९
ताजा अपडेट

हेर्नुहोस् साउन ३१ गते मङ्गलवार (अगस्ट १६ तारिख) को राशिफल, गणेश भगवानले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • सोमबार, साउन ३० २०७९
5.1K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ साउन ३१ गते मंगलबार (इश्वी सन २०२२ अगस्ट १६ तारीख) भाद्र कृष्णपक्ष पञ्चमी तिथी रेवती नक्षत्र शूल योग कौलव करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा शुभ योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु दाछिकोलमति घाट ल.पू.नृसिहयात्रा उपकलासाँया बैतडी विश्वनाथ मन्दिरमा साउने मेला समाप्ती ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साथीभाईहरुको सहयोगबाट काम बन्ने योग रहेको छ । बोलीको प्रभाव बढ्नुको साथै आफ्नो चातुर्यताबाट गरेको कामले सफलता पाउने छ । जीवनसाथीसंगको सम्बन्धमा थप सुमधुरता आउनेछ । ब्यापार व्याबसाय मध्ययम रहनेछ । पारिवारि साथ सहयोग पाउनु हुनेछ । यात्रा गर्ने अवसर आउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अधुरा कार्यहरु बन्ने योग रहेको छ । शरिरमा थकान र आलस्यपन आउन सक्दछ । अधिक मेहनबाट मात्रै काम सम्पन्न हुनेछ । अरुका कारण अपजस आउन सक्दछ । परिवार भित्रका व्यक्तिको स्वास्थ्यमा समस्या आउन सक्दछ । जीवनसाथीको सहयोगबाट गरेको कार्यले आम्दानी बढाउने छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खानपानका कारण स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्दछ । मान्यजनहरुको सम्बन्धमा मनमुटाब आउन सक्दछ । साझेदारी कार्यमा समस्या आउने छ । सामान्य वादविवाद झमेलाको सामना गर्नु पर्नेछ । आफन्तजनहरुसंगको भेटघाटमा बढि समय व्यतित हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जीवनसाथीसंग सामान्य मनमुटाब हुन सक्दछ । पारिवारि सहयोग नहुन सक्दछ । ब्यापार ब्यावसायबाट सफलता पाउनु हुनेछ । गरिरहेको काममा ढिलापन हुन सक्दछ । मनमा चञ्चलतापन आउन सक्दछ । साथीभाईहरुसंग टाढिने अवस्था आउन सक्दछ । सामान्य रुपमा स्वास्थ्यमा समस्या आउन सक्दछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा सामान्य गडबढि आउन सक्दछ । अकस्मात खर्च हुने योग रहेको छ । प्रतिस्र्धात्क कार्यमा असफलता हुनेछ । यात्रा गर्ने अवसरमा आउन सक्दछ । मित्रजनहरुसंगको भेटघाटमा बढि समय व्यतित हुनेछ । बालीको प्रभाव बढ्नेछ । कुरा काट्ने व्यक्तिहरु सक्रिय हुनेछन् ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन अध्यापनको क्षेत्र मध्ययम रहेको छ । अधिकतम परिश्रम गरे पश्चात मात्र कामले पुर्णता पाउनेछ । बोद्धिक व्यक्तिहरुसंगको भेटघाटले नयाँ कार्यको सुरुवात हुनेछ । आम्दानीको क्षेत्रको लागि आजको दिन राम्रो रहेको छ । मनोरञ्जनको क्षेत्रमा बढि समय व्यतित हुनेछ । निर्णय गर्ने क्षमता बृद्धि हुनेछ । अधुरा कार्यहरु पुरा हुने योग रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्?टिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अ?को कार्यक्षेत्रमा भएको त्?टिको अपजस तपाईले खेप्नु पर्नेछ । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अपरीचित ब्यत्तिह?को बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनह?को सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नजीकका ब्यत्तित्वह?बाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अ?को कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजि कार्यमा मन जानेछ । कार्यक्रमहरुमा सहभागि हुने अवसर आउनेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । सन्तानबाट सुखको महसुस हुनेछ । ब्यापार ब्यावसायमा आम्दानी बढ्ने योग रहेको छ । नयाँ व्यक्तिहरुलाई झट्टै विश्वास गर्नाले सामान्य समस्या पैदा हुन सक्दछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटले नयाँ कार्यको सुरुवात गर्ने आट बढ्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा