शनिबार, असोज १५ २०७९
ताजा अपडेट

हेर्नुहोस् साउन ३० गते सोमबार (अगस्ट १५ तारिख) को राशिफल, पशुपतिनाथले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • आइतबार, साउन २९ २०७९
6.9K
SHARES

फाईल तस्बिर

आज श्री शाके १९४४ बि.स.२०७९ साउन ३० गते सोमबार इश्वी सन २०२२ अगस्त १५ तारीख भाद्र कृष्णपक्ष चतुर्थी तिथी उत्तरभाद्रपदा नक्षत्र सुकर्मा योग वालव करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा गद योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिस्पर्धात्म कार्यमा सफल हुने योग रहेको छ । पारिवारको साथ नरहन सक्दछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामाजिक कार्य गर्न मन जानेछ । विश्वास गरेका व्यक्तिले धोका दिन सक्दछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । साथीभाईहरुसंगको सम्बन्धमा सामान्य मनमुटाब हुन सक्दछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहज रुपमा गरेको काममा सफलता प्राप्त हुनेछ । पदोन्नतीको समय रहेकोछ । पुराना लगानी उठाउन समयले विशेष साथ दिनेछ । अध्ययनमा राम्रो रहेको छ । मित्रजनहरुसंग भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । ब्यापारमा आम्दानी बृद्धि हुनेछ । आफुभन्दा साना व्यक्तिहरुको सहयोगबाट गरिएको काम सफल हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बोलीको प्रभाव बढ्नेछ । सभा सम्मेलनमा सहभागि हुने अवसर पाउनु हुनेछ । भौतिक साधनको प्रयोगमा बढि समय व्यतित हुनेछ । ब्यापार ब्याबसायमा आम्दानी बृद्धि हुनेछ । मान्यजन तथा परिवारको साथ सहयोगबाट अपुरा कामहरु बन्ने छन् । यात्रा गर्ने अवसर पाउनु हुनेछ । जीवनसाथीसंग सुमधुर सम्बन्ध हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाईहरुसंग सम्बन्धमा सामान्य समस्या आउन सक्दछ । नजिकको व्यक्तिले धोका दिन सक्दछ । साझेदारी रुपमा गरिएको ब्यापार ब्यावसायमा समस्या उत्पन्न हुनेछ । अरुका कारण अपजस आउन सक्दछ । यात्रा गर्ने अवसर आउनेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । चाडै विश्वास गर्नाले अरुले तपाईबाट फाइदा लिन सक्दछन् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिपक्षीहरु सबलरहनाले कार्यक्षेत्रमा साबधानिरहनु होला । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परीवारमा बिताएको समय फाईदा जनक रहला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साझेदारी रुपमा गरिएको ब्यापार ब्याबसायमा समस्या आउनेछ । नयाँ कार्य सुरुवात गर्ने आट आउनेछ । प्रेम सम्बन्धमा राम्रो रहेकोछ । निर्णय गर्ने क्षमता बढ्नेछ । पारिवारि साथ सहयोगबाट काम राम्रो हुनेछ । अरुको चाँडै विश्वास जित्नु हुनेछ । खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्दछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा