आज श्री शाके १९४४ बि.स.२०७९ साउन २८ गते शनिबार (इश्वी सन २०२२ अगस्ट १३ तारीख) भाद्र कृष्णपक्ष प्रतिपदा तिथी शतभिषा नक्षत्र शोभन योग तैतिल करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा आनन्द योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु दथुसाय यलमतयाः रोपाईयात्रा (ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतियोगितात्म गतिविधिमा सफलता प्राप्त हुनेछ । पारिवारिक साथ सहयोग पाउनु हुनेछ । नयाँ कार्य गर्ने अवसर आउन सक्दछ । सामाजिक कार्यमा बढि समय व्यतित हुन सक्दछ । स्वास्थ्य अवस्था सामान्य रहनेछ । साथीहरुबाट सहयोग पाउनु हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नजिकका व्यक्तिहरुले धोका दिन सक्दछन् । अनावश्यक खर्च हुने र आर्थिक अभावको सामना गर्नु पर्ने हुन सक्दछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय खपन हुन सक्दछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ । लामो समय भेट नभएका व्यक्तिसंग भेट हुने अवसर प्राप्त हुन सक्दछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कार्यको थालनि गर्ने अवसर मिल्नेछ । मनमा आनन्दपनको आभास हुनेछ । अपुरा कामहरु बन्नेछ । मित्रजनको सहयोगबाट काम हुने योग रहेको छ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । काम गर्न अधिकतम मेहनत गर्नु पर्नेछ । यात्रा गर्ने अवसर आउनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोबिलासिताका सामान खरीद योग रहेको छ । तपाईको मिहिनेतबाट अरुहरुले फाईदा लिन सक्नेछन । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । शारिरीस्क आलस्यताले सताउन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा बिशेष साबधानि रहनु होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल रहीनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । प्रतिस्पर्धिहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । पुराना मित्रजनहरु सगँको भेटघाटले सामान्य यात्रा निम्त्याउन सक्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको प्रभाव बढ्नेछ । नयाँ साथीहरु बनाउने योग रहेको छ । अरुको विश्वासमा काम नगर्नु होला । स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्दछ । मान्यजनहरुको सम्बन्धमा समस्या उत्पन्न हुन सक्दछ । नजिकका व्यक्तिहरुले धोका दिन सक्दछन् । सवारी साधन चलाउदा विशेष ध्यान दिनु होला ।