शनिबार, साउन ९ २०८३
ताजा अपडेट

हेर्नुहोस् साउन २७ गते शुक्रवार (अगस्ट १२ तारिख) को राशिफल, जय कालिञ्चोक माता !


  • बिहिबार, साउन २६ २०७९
10.1K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ साउन २७ गते शुक्रबार (इश्वी सन २०२२ अगस्ट १२ तारीख) साउन शुक्लपक्ष पूर्णिमा तिथी धनिष्ठा नक्षत्र सौभाग्य योग बावल करण चन्द्रमा मकर राशिमा पश्चात कुम्भ राशिमा आनन्दादि योगमा धाता योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु ॠषितर्पणी , रक्षाबन्धन, व्याजाँनके, गुँपुन्ही, मानसव्रत समाप्ती, पशुपतिनाथ, ल।पु। कुम्भेश्वर, गोसाइँकुण्ड, सोलु दुधकुण्ड, जनकपुर धनुषसागर आदि स्थानमा मेला,डडेलधुरा भागेश्वरजाँत, संस्कृति दिवस, मुक्तिनाथ यार्तुङ, डोलेश्वर उत्सव, गाईजात्रा, सापारु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक काममा बढी समय व्यतित गर्नु पर्नेछ । विभिन्न सभा सम्मलेनमा सहभागि हुने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापन मध्यम रहेको छ । प्रतिफल प्राप्त गर्न बढि मेहनत गर्नुपर्ने हुन्छ । मान्यजनहरुको सहयोगबाट अपुरा काम सम्पन्न हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरुको कारण अपजस आउन सक्दछ । यात्रा गर्ने अवसर आउनेछ । पारिवारिक मनमुटाब आउन सक्दछ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्दछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ । भौतिक साधनको प्रयोगले मन प्रशन्न हुनेछ । सामाजि काममा जुट्ने कार्य हुन सक्दछ । सवारी साधनको प्रयोगमा विशेष ध्यान दिनु होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नजिकका व्यक्तिहरुसंग सामान्य बादबिवाद हुन सक्दछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्दछ । मित्रहरुसंग भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । निर्णय गर्ने क्षमताको विकास हुनेछ । यात्रा गर्ने अवसर आउनेछ । माल सामान हराउन सक्दछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नजिकका ब्यक्ति बाट धोका मिल्न सक्छ सजग रहनु होला । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साथी भाईको सहयोगबाट अधुरा कार्य बन्ने योग रहेको छ । आफैले गरेका कामहरुमा सफलता प्राप्त हुनेछ । खर्च बढ्न सक्दछ । क्रोध बढ्न सक्दछ । आर्थिक अभावको सामना गर्नु पर्नेछ । स्वास्थ्य सामान्य रहनेछ । विश्वास गरिएका व्यक्तिहरुले धोका दिन सक्दछन् । पारिवारिक साथ सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा सामान्य रहेकोछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा