आज श्री शाके १९४४ बि.स.२०७९ साउन २६ गते बिहिबार (इश्वी सन २०२२ अगस्ट ११ तारीख) साउन शुक्लपक्ष चतुर्दशी तिथी उत्तराषाढा नक्षत्र आयुष्मान योग वव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा ध्वज योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु पूर्णिमाव्रत,शिवजीमा पवित्र रोपण, हयग्रीवोत्पत्ति बडिमालिका मेला बाजुरा ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सोचे अनुसार नै कामहरु बन्नेछन् । सामाजिक कार्यमा एकजुट भएर काम गर्ने अवसर प्राप्त हुन सक्दछ । सभा सम्मेलन जस्ता कार्यमा सम्मान मिल्नेछ । मनोरञ्जन क्षेत्रमा बढि समय व्यतित हुनेछ । पारिवारिक झमेलाको स्थिती बन्न सक्दछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउने छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक भेटघाटमा बढि समय व्यतित हुन सक्दछ । अधिक परिश्रमबाट मात्र काम सम्पन्न हुने योग रहेको छ । अरुका कारण सामान्य अपजस आउन सक्दछ । मान्यजनहरुका कारण काम बन्नेछ । नयाँ मित्रहरुसंग भेटघाट हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च बढ्नेछ । स्वास्थ्य अवस्था सामान्य रहनेछ । ब्यापारको क्षेत्रमा सामान्य रहेको छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शारिरिक आलश्यपनले सताउन सक्दछ । स्वास्थ्य सामान्य हुनेछ । खर्च बढ्ने योग रहेको छ । आन्दानी सामान्य रहनेछ । नजिकका व्यक्तिहरुसंग सामान्य मनमुटाब हुन सक्दछ । मान्यजनको सल्लाहमा गरेको कामले सफलता प्राप्त हुनेछ । यात्रा गर्दा विशेष ध्यान दिनु होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जीबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा गर्ने अवसर प्राप्त हुने योग रहेको छ । आम्दानीमा बृद्धि हुनेछ । अकस्मात खर्च हुने योग रहेको छ । नयाँ मित्रजनहरुसंगको भेटले मनमा प्रशन्नता छाउनेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय ब्यतित रहनेछ । मान्यजनहरुबाट गरेको कार्यबाट लाभ प्राप्त हुनेछ ।