आइतबार, माघ २२ २०७९
ताजा अपडेट

साउन २३ गते सोमबार (अगस्ट ८ तारिख) को राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • आइतबार, साउन २२ २०७९
9.8K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ साउन २३ गते सोमबार इश्वी सन २०२२ अगस्ट ८ तारीख साउन शुक्लपक्ष एकादशी तिथी ज्येष्ठा नक्षत्र वैधुति योग वव करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा पद्य योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु पुत्रदाएकादशीव्रत ।

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ)
बोलीको प्रभावका कारण नजिकका साथीभाईहरुसंगको सम्बन्धमा तिक्तता आउन सक्दछ । विश्वास गर्नाले अरूको कारण अपजस आउन सक्दछ । अध्ययन अध्यापनको क्षेत्र मध्यम रहेको छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ । आम्दानीको क्षेत्रमा वृद्धि हुने योग रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जीवनसाथीको सहयोगबाट गरिने कार्य सफल हुने योग रहेको छ । ब्यापार ब्यावसायको क्षेत्र मध्यम रहेको छ । आफन्तजनहरुको सहयोग प्राप्त हुनेछ । नयाँ काम सुरुवात गर्दा उत्तम रहेको छ । मन प्रशन्न हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नजिकका व्यक्तिहरुबाट धोका हुन सक्दछ । साझेदारी काममा अगाडी नबढेकै राम्रो हुनेछ । शरिरमा आलश्यपनले सताउनेछ । आकस्मिक रुपमा खर्च हुन सक्दछ । ब्यापार ब्यावसायको क्षेत्रमा आम्दानी बढ्ने योग रहेको छ । पारिवारि सहयोग प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुरा काट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा