मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

हेर्नुहोस् साउन २२ गते आइतबार (अगस्ट ७ तारिख) को राशिफल, जय पशुपतिनाथ !


  • KTM Khabar
  • शनिबार, साउन २१ २०७९
6K
SHARES

फाईल तस्बिर

आज श्री शाके १९४४ बि.स.२०७९ साउन २२ गते आइतबार इश्वी (सन २०२२ अगस्ट ७ तारीख) साउन शुक्लपक्ष दशमी तिथी अनुराधा नक्षत्र ब्रह्रम योग तैतिल करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा मृत्यु योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ । आफन्तजनहरुसंगहरुको सम्बन्धमा समस्या आउन सक्दछ । गरिरहेको काममा सफलता प्राप्त हुनेछ । विश्वास गरेका ब्यक्तिहरुबाट धोका हुन सक्दछ । नयाँ लगानी गर्दै हुनुहुन्छ भने विशेष ख्याल गरेर मात्र लगानी गर्नुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ब्यापार ब्यवसायको क्षेत्रमा राम्रो रहेको छ । आम्दानी बृद्धि हुने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मित्रजनहरुबाट साथ सहयोग मिल्नेछ । मनमा प्रशन्नता छाउनेछ । यात्रा गर्ने अवसर पाउनु हुनेछ । प्रेमी प्रेमीकाबिच सामान्य मनमुटाव हुन सक्दछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला ।सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा