आज श्री शाके १९४४ बि.स.२०७९ साउन १४ गते शनिवार इस्वी सन २०२२ जुलाई ३० तारिख । हेर्नुहोस् आजको राशिफल:
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
प्रियजनहरुबाट धोका पाउन सक्नु हुनेछ । स्वास्थमा सामान्य खराबी आउन सक्दछ । बोलीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोग पाउनु हुनेछ । नयाँ लगानि गर्दा विशेष ख्याल राख्नुहोला । यात्रा गर्दा विशेष ख्याल पुर्याउनु होला । सामान्य झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
ब्यवसायमा नयाँ लगानीका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोगले गरिरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । बिलासिताका सामान प्रयोगमा बढि समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्दछ । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
सामान्य रुपमा आर्थिक अभाव हुन सक्ने योग रहेको छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
पुराना तथा प्रिय मित्रजनको भेटघाटले मनमा खुशीपन छाउनेछ । ब्याबसायको क्षेत्रमा आम्दानी बढ्ने योग रहेको छ । यात्रा गर्ने अवसर प्राप्त हुन सक्दछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
सामाजिक कार्यमा बढि समय व्यत्तित हुन सक्नेछ । आफन्तहरुबाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरुसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्छ । शरिरमा आलश्यपनको विकास हुन सक्दछ। पारीवारिक साथ सहयोग मनग्य पाउनु हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
नयाँ ठाउँको यात्रा गर्ने अवसर आउन सक्नेछ । ब्याबसायको क्षेत्रमा मनग्य आम्दानीमा बृद्धि हुने योग रहेको छ । निर्णय गर्ने क्षमताको बृद्धि हुनेछ । दाजुभाईहरुको सहयोगमा गरिएको काममा मनग्य फाइदा पुग्नेछ । साथीभाईहरुको संगको भेटघाटले मनमा प्रशन्नता छाउने छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यह? सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानी क्षेत्र मध्यम रहनेछ । बाैद्धिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ने याेग छ । । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ ।