शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

साउन १३ गते शुक्रवार (जुलाई २९ तारिख) को राशिफल यस्तो छ, जय मनकामना माता !


  • बिहिबार, साउन १२ २०७९
18.3K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ साउन १३ गते शुक्रबार इश्वी सन २०२२ जुलाई २९ तारीख साउन शुक्लपक्ष प्रतिपदा तिथी तिष्य नक्षत्र पश्चात अश्लेषा नक्षत्र सिद्धि योग किंस्तुघ्न करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा उत्पात योग नल नाम संवत्सर ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक साथ सहयोग नमिल्न सक्दछ । सफलता प्राप्त गर्न अधिकतम परिश्रम गर्नु पर्ने हुन्छ । सोचे अनुसारको काम नहुँने हुँदा मनमा केही खिन्नताको महसुस हुनेछ । तपाई कमजोरी फाइदा अरुले लिन सक्दछन् । सामाजिक कार्यमा गरेको कामले अधिक सफता प्राप्त गर्ने योग रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्रा गर्दा विशेष ध्यान दिनु होला । काम गर्ने क्रममा साबधानि नपनाउँदा केही अप्जस आइ पर्न सक्दछ । नजिकका व्यक्तहरुबाट धोका हुन सक्दछ । अरुले गरेको कामको अपजस आफुले भोग्नु पर्ने हुन सक्दछ । खर्च बढ्ने योग रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तजनहरुको सहयोग नमिल्न सक्दछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ । अधिक परिश्रमबाट मात्र काममा सफलता हासिल हुनेछ । वाणिका कारण नजिकको सम्बन्धमा दरार उत्पन्न हुन सक्दछ । नजिकका व्यक्तिहरुबाट धोका हुन सक्दछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिश्वास गरेका व्यक्तिहरुबाट धोका हुन सक्दछ । नजिकका व्यक्तिहरु पनि तपाइसंग टाढा बस्न सक्दछन् । नयाँ लगानीको क्षेत्रमा विशेष साबधानी अपनाएर मात्र प्रवेश गर्नुहोला । मनमा केही खिन्नता हुन सक्दछ । निर्णय लिन कठिनाई हुन सक्दछ । साझेदारी कार्यमा प्रवेश गर्नुपूर्व धेरै ध्यान दिनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्भट आईपर्ला । स्वास्थमा गडबढि रहनसक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ । तपाईको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । नेत्र सम्बन्धि समस्याले सताउन सक्छ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा आम्दानि मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनिहुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ । गरीरहेको कार्य क्षेत्रबाटँ आक्समिक धनलाभ हुने योग रहेको छ । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा