आज श्री शाके १९४४ बि.स.२०७९ साउन १२ गते बिहिबार इश्वी सन २०२२ जुलाई २८ तारीख साउन कृष्णपक्ष औँशी तिथी पुनर्वशु नक्षत्र पश्चात तिष्य नक्षत्र वज्र योग चतुष्पद करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा सिद्धि योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु दर्श श्राद्ध निशिबार्ने स्नानदान र हलो बार्ने औँशी ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सवारी साधनको प्रयोग गर्नुहुन्छ भने विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । आफ्नो प्रियजनको सहयोगबाट रोकिरहेको काम बन्ने योग रहेको छ । आजको दिन सामान्य रहनेछ । विशेष गरी भौतिक श्रोता साधनको प्रयोगमा समय व्यतित हुने योग रहेको छ । कार्य सम्पादनमा ढिला हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आयको क्षेत्र मध्यम रहेको छ । अधिक श्रम तथा यात्रा गर्नु पर्ने छ । प्रियजनहरु विचको सम्बन्धमा सामान्य झैझगडा हुने योग रहेको छ । मान्यजनहरुको सहयोगबाट काम बन्ने छ । मान प्रतिष्ठामा भने सामान्य आँच आउन सक्नेछ । यात्रा गर्ने क्रममा सामान्य तनाबको अवस्था आउन सक्दछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । बाणीमा अस्थीरता छाउनाले नजिकका आफन्तजनहरु सगँको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विलासी कुराहरुको प्रयोगमा बढी समय व्यतित हुने योग रहेको छ । ब्यापार व्यावसायको क्षेत्रमा मनग्य आम्दानी बढ्ने योग रहेको छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ । साथीभाईहरुको सहयोगले रोकिइरहेको काम बन्नेछ । पारिवारिक सहयोग बढ्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता हासिल गर्नुहुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम गर्दा विशेष ख्याल गर्नुहोला सामान्य अपजस आउन सक्नेछ । प्रतिस्पर्धिहरुका कारण केही तनाबपुर्ण अवस्था श्रृजना हुन सक्छ । खर्च बढ्ने योग रहेको छ । स्वास्थ्यको क्षेत्रमा सामान्य समस्या आउन सक्छ । परिवारबाट खासै सहयोग नहुँने हुँदा एक्लोपनको महसुस हुन सक्दछ । अरुलाई विश्वास गर्नाले केही समस्या उत्पन्न सक्दछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । शुभ चिन्तकहरुको बृद्धि हुनेछन । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहनेछ । बोलिका कारण आफन्त जनहरुसंग तनाब उत्पन्न हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सभासम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनिमा साबधान अपनाउनु होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । परिवारका सदस्यहरुसंगको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । गैर ब्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भाबना रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्यन अध्यापन मध्यम रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्धि हुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु नै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा जुट्ने बिशेष समय रहेकोछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौद्धिक ब्यत्तित्वहरुको साथ सहयोगमा दिर्धकालिन आम्दानिका श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ ।