शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

हेर्नुहोस् साउन ७ गते शनिवार (जुलाई २३ तारिख) को राशिफल, जय दक्षिणकाली माता !


  • शुक्रबार, साउन ६ २०७९
11.1K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ साउन ७ गते शनिबार इश्वी सन २०२२ जुलाई २३ तारीख श्रावण कृष्णपक्ष दशमी तिथी कृत्तिका नक्षत्र गण्ड योग भद्रा करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा ध्वज योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
नयाँ कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा सामान्य खराबि आई पर्न सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र साहसको कमिले कार्य सम्पादनमा असहजता हुन सक्छ । यात्रा गर्ने अवसर पाउन सकिनेछ । परिवारसंगकाे सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
सामान्य आर्थिक अभाब हुन सक्छ । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
आम्दानीकाे क्षेत्रमा राम्रो समय रहेता पनि सामान्य खर्च बढ्ने याेग रहेकाे छ । नयाँ भेट अथवा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन् । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ । आँट र शाहासको बृद्यि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
हराएको माल सामान फेला पर्न सक्छ । पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ ।

तुलाराशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । बादबीबादको सामना गर्नु पर्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
मनमा चन्चलता आउने छ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । आफन्तकाे सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
बोलिका कारण दाम्पत्य शुखमा केहि खटपट रहनसक्छ । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । सामान्य खर्च हुन सक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । तपाईको प्रगतिमा आरीस गर्नेहरुबाट बच्नु पर्ला । शत्रु सबल रहलान । आम्दानि क्षेत्र भने मध्यम रहनेछ । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा