आज श्री शाके १९४४ बि।स।२०७९ असार २५ गते शनिबार इश्वी सन २०२२ जुलाई ९ तारीख आषाढ शुक्ल पक्ष दशमी तिथी स्वाती नक्षत्र पश्चात विशाखा नक्षत्र साध्य योग गर करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा सिद्धि योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब हुने योग रहेको छ । ब्यापार ब्यवसायका क्षेत्रमा मध्यम रहेको छ । तपाईले विश्वास गरेकाहरुबाट धोका हुन सक्छ । समय यत्तिकै बित्न सक्छ । सामान्य कार्यका लागि पनि अधिक परिश्रम पर्नु पर्ने हुन्छ । मान्यजनहरुको साथ सहयोग पाउनु हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा रुची रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामान्य खर्च बढ्ने योग रहेको छ । साथीभाई, आफन्तजनहरुबाट सहयोग प्राप्त हुन सक्छ । प्रिय व्यक्तिसंगको भेटले मनमा चञ्चलता छाउनेछ । निर्णयय लिन कुरामा समय लाग्न सक्दछ । प्रतिस्पर्धात्मक खेलहरुमा पराजय हुन सक्छ । स्वास्थ्यमा सामान्य खराबी देखा पर्न सक्छ । ब्यापार ब्याबसायमा सामान्य आम्दानी हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधिकतम परिश्रमबाट थोरै प्रतिफल प्राप्त गर्ने योग रहेको छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ ।सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । प्रिय खबर द्वारा मन प्रशन्न रहला । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामान्य कुरामा रिस उठ्न सक्छ । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरुसंगको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शारिरिक आलस्यताले सताउने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो मेहनतको कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गरेका कार्यहरुबाट मान सम्मान पाउने योग रहेको छ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ । स्थिर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरुको बसमा गरिएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानीको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । बल तथा प्रराक्रमका बृद्धि हुने योग रहेकोछ । नयाँ मित्रजनहरुसंगको भेटघाटले मन प्रशन्न रहनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस हुन सक्छ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ ।