शनिबार, असोज १५ २०७९
ताजा अपडेट

क्रिस्टियानो रोनाल्डो प्रतिद्वन्द्वी क्लब चेल्सी जाने चर्चा !


  • KTM Khabar
  • आइतबार, असार १२ २०७९
3.6K
SHARES

म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डो प्रतिद्वन्द्वी क्लब चेल्सी जाने चर्चा चलेको छ । तर, युनाइटेडले भने उनी आगामी सिजन क्लबमा नै रहने विश्वास व्यक्त गरेको छ ।

पोर्चुगिज फरवार्डका एजेन्ट जोर्ज मेन्डेजले गत हप्ता चेल्सीका अध्यक्ष टोड बोहेलीसँग भेटवार्ता गरेका थिए । उनीहरुबीच रोनाल्डोको विषयमा पनि छलफल भएको बताइएको छ । युनाइटेडले भने मेन्डेज अन्य खेलाडीको पनि एजेन्ट रहेकाले सो भेट स्वाभाविक भएको जिकिर गरेको छ । क्लबले ३७ वर्षीय खेलाडी बिक्रीमा नरहेको स्पष्ट पनि पारेको छ ।

५ पटकको बालोन डि’ओर विजेता खेलाडी र युनाइटेडबीच अझै एक वर्षको करार बाँकी रहेको छ । उनी नयाँ प्रशिक्षक एरिक टेन ह्यागको टोलीमा प्रमुख खेलाडी बन्ने अपेक्षा गरिएको छ ।

गत सिजन युनाइटेडले खराब प्रदर्शन गर्दा रोनाल्डोको भने आलोचना भएको थिएन । यद्यपि, प्रिमियर लिगको गोल्डन बुटको सूचीमा उनी १८ गोलसहित तेस्रो स्थानमा सिमित बनेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा