मंगलबार, मंसिर १३ २०७९
ताजा अपडेट

नेशनल युनाइटेडमा इन्डो नेपाल खुल्ला कराँते प्रतियोगिता सुरु (फोटो फिचर)


  • KTM Khabar
  • शनिबार, जेष्ठ २१ २०७९
5.5K
SHARES

काठमाडौँ ।

काठमाडौँको हात्तिगौडामा रहेको नेशनल युनाइटेड स्कूलको आयोजनामा आठौँ इन्डो नेपाल खुल्ला कराँते प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा नेपाल तथा भारतका गरी .३० वटा विभिन्न विद्यालय तथा डोजोका खेलाडीहरूले २४ स्वर्ण, २४ रजत तथा ४८ कास्य पदकका लागि प्रतिस्पर्धा गर्दै छन् । उक्त प्रतियोगितामा पुरुषतर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तथा खुल्ला एवम् महिलातर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तथा खुल्ला समुहमा गरी ३०० जना भन्दा बढी खेलाडीहरू सहभागी भएका छन् ।

जेष्ठ २० र २१ गते दुई दिन सञ्चालन हुने प्रतियोगिताको कार्यक्रमका सभापति एवं नेसनल युनाइटेड स्कुलको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह–प्राध्यापक श्री रेवती प्रसाद दाहाल तथा नेपाल गोजु—काइ कराँते महासंघका अध्यक्ष श्री अशुराज श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिताको पहिलो दिन सम्पन्न प्रतिस्पर्धामा जित हात पार्दै २५ के.जी ब्वाइजतर्फ थाइबा डोजोका अर्जुन सुनारले स्वर्ण पदक जित्दा २५ के.जी गल्र्सतर्फ भारतकी सृष्टि दास, थाइबा डोजोकी जमुना घर्ती मगर तथा इमानुएल डोजोकी सजिना तामाङ्ग सेमिफाइनल प्रवेश गर्न सफल भए भने अन्य स्पर्धाका बाँकी खेलहरू २१ गते शनिवार सुचारु रहने छन् ।

कार्यक्रममा नेपाल गोजु—काइ कराँते महासंघका उपाध्यक्ष एवम् नेसनल युनाइटेड स्कुलका संस्थापक श्री जे.बी. हमालले नेपालका विभिन्न भु–भाग तथा भारतबाट आउनुभएका खेल पदाधिकारीहरू साथै खेलाडीहरूको स्वागतार्थ मन्तव्य राख्दै यस्ता खालका अन्तर्राष्ट्रियता प्रतियोगिताबाट उत्कृष्ट खेलाडी उत्पादन गरी राष्ट्रको शिर उँचो राख्न नेसनल युनाइटेड स्कुल सदैव कटिबद्ध रहेको जानकारी गराउनुभयो ।

कार्यक्रमलाई नेपाल गोजु—काइ कराँते महासंघका उपाध्यक्ष अच्युतराज उप्रेती, राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवम् नेपाल बक्सिङ सङ्घका उपाध्यक्ष अर्जुन बहादुर के.सी., कलकत्ता गोजु–काइ कराँते क्लब वेस्ट बङ्गाल, भारतका प्रमुख प्रशिक्षक ललित कुमार साव लगायतले सम्बोधन गर्दै नेसनल युनाइटेड स्कुलले शिक्षा तथा खेलकुदका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुका साथै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसहित २१ गते शनिवार दिनको ३ बजे प्रतियोगिताको समापन गरिने आयोजकले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा