म्याड्रिड — रियल म्याड्रिडले शनिबार इस्पनयोललाई सजिलै ४–० ले पराजित गर्दै स्पेनी ला लिगाको उपाधि जितेको छ । उसलाई लिग उपाधि जित्ने औपचारिकता पूरा गर्न इस्पनयोलविरुद्ध खाली १ अंकको मात्र आवश्यकता थियो ।
कार्लो एन्सेलोटीको टिमका लागि रोडरिगोले दुई गोल गरे । उनले पहिलो हाफको ३३ र ४३ औं मिनेटमा गोल गरे । दोस्रो हाफमा मार्को एसेन्सिओले ५५ औं मिनेटमा गोल गरेयता करिम बेन्जेमाले ८१ औं मिनेटमा चौथो गोल थपे ।
यो जितपछि रियलको ८१ अंक भएको छ र लिगमा चार चरणको खेल बाँकी छँदा उसलाई कसैले उछिन्न सक्ने छैन । दोस्रो स्थानमा रहेको सेभियाको ६४ अंक रहेको छ ।
रियल चार खेल अगाडि नै लिग जित्न सफल रहेको हो । शनिबारका अन्य खेलमा एलाभेसले भिल्लारियललाई २–१ ले हरायो । यस्तै सेभिया र काडिजले १–१ को बराबरी खेले ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।