बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

चेल्सीमाथि रियलको सानदार जित, बेन्जेमाको ह्याट्रिक


  • KTM Khabar
  • बिहिबार, चैत्र २४ २०७८
2.5K
SHARES

फाइल तस्विर

करिम बेन्जेमाले ह्याट्रिक गरेपछि स्पेनिस महारथी रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीमाथि सानदार जित निकालेको छ।

साविक विजेता इंग्लिस क्लब चेल्सीलाई उसकै मैदानमा रियलले ३–१ गोल अन्तरमा हराएको हो। चेल्सीका लागि काई हाभर्टजले एक गोल फर्काए।

घरेलु टोलीविरुद्ध रियलले २१औं मिनेटमा अग्रता लियो। भिनिसियस जुनियरको पासमा करिम बेन्जेमाले हेडरमार्फत गोल गर्दै टोलीलाई सुरूआती अग्रता दिलाए।

खेलको २४ औं मिनेटमा बेन्जेमाले लुका मोड्रिचको पासमा हेडरमार्फत नै व्यक्तिगत दोस्रो गोल गर्दै ३ मिनेट पछिनै रियलको अग्रता दोब्बर पारे।

४० औं मिनेटमा घरेलु टोलीका काई हाभर्टजले गोल गर्दै खेललाई पहिलो हाफमा २-१ को स्थितिमा ल्याए।

दोस्रो हाफको शुरूमै ४६औं मिनेटमा बेन्जेमाले ह्याट्रिक पुरा गर्दै रियलको अग्रता ३-१ मा पुर्‍याए। त्यसपछि दुवैतर्फबाट गोलका केही प्रयास भए पनि सदुपयोग हुन नसक्दा रियल विजयी हुन सफल भयो।

यो जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। अब १२ मार्चमा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके रियल सेमिफाइनलमा प्रवेश गर्नेछ। चेल्सीलाई सेमिफाइनल पुग्न कम्तीमा ३–० को जितको खाँचो छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा