बिहिबार, जेष्ठ १८ २०८०
ताजा अपडेट

मन्दिरमा घन्टी किन बजाईन्छ ? यस्ता छन् धार्मिक साथसाथै वैज्ञानिक कारण पनि थाहापाउनुहोस्


  • KTM Khabar
  • सोमबार, चैत्र २१ २०७८
16.4K
SHARES

हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घण्टी बजाइन्छ । घण्टीको आवाज त प्रत्येक मन्दिरको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घण्टी बजाउने परम्परा छ । मन्दिरमा घण्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि छ ।

देवीदेवताको आरती घन्टनाद विना पूरा हुँदैन । घण्टीको ध्वनिले मन, मस्तिष्क र शरीरलाई सकारात्मक ऊर्जा दिन्छ । मन्दिरमा आरती हुँदा घण्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्छ ।

मन्दिरमा राखिएका सानाठूला घन्टीका आवाजले वातावरणलाई शुद्ध बनाउँछन् । घण्टीबाट निस्कने ध्वनि चमत्कारी हुन्छ । हावामा भएका सूक्ष्म कीटाणु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् । मन्दिरमा लगातार घन्टी बजाउँदा निस्कने ध्वनिले हानिकारक सूक्ष्म कीटाणुलाई नष्ट गरिदिन्छन् । घण्टीको आवाजले नकारात्मक ऊर्जाको असर बेकामे बनाइदिन्छ असन सकारात्मक वातावरण निर्माण गरिदिन्छ ।

घण्टीको आवाजले एकाग्रता बढाउँछ, मन शान्त हुन्छ, चिन्तन गर्ने क्षमता बढ्छ, धार्मिक विचार जन्मिन्छ र बुद्धि विकास हुन्छ ।

नियमित रूपमा आरती गर्दा र लगातार घण्टी बजाउँदा मन्दिरमा स्थापित देवीदेवताका प्रतिमा चैतन्य हुन्छन् । यी प्रतिमाको पूजा बढी प्रभावशाली र शीघ्र फलप्रदायक हुन्छ । पुराणहरूमा बताइएअनुसार, मन्दिरमा घण्टी बजाउँदा अनेकौं जन्मका पाप नष्ट हुन्छन् । सृष्‍टिको प्रारम्भ हुँदा सुनिएको आवाज त्यही घण्टीको ध्वनि हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा