गुगललाई उछिन्दै टीकटक विश्वमा सबैभन्दा बढी प्रयोग गरिने अनलाइन बनेको छ । सूचनाप्रविधि सुरक्षासम्बन्धी कम्पनी क्लाउ फ्लेअरका अनुसार उक्त भाइरल भिडिओ एपले अमेकिी सर्च इन्जिन गुगलले भन्दा बढी हिट पाउन थालेको छ ।
गुगललाई जितेर टिकटक अब सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बन्न पुगेको छ।
इन्टरनेटका वेबसाइटको नयाँ वरियता सूचीमा फेब्रुअरी, मार्च र जुन महिनामा नै टीकटकले गुगललाई शीर्ष स्थानबाट हटाएको थियो । अगस्ट महिनायता टीकटक पहिलो स्थानमा रहँदै आएको छ । गतवर्ष गुगल पहिलो स्थानमा र टीकटक, अमेजन, एप्पल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स लगायतका साइटहरू प्रथम दश स्थानमा थिए।
क्लाउडफ्लेअरका अनुसार वेबसाइटमा जाने ‘ट्राफिक’ को निगरानी गर्ने उसको उपकरण क्लाउडफ्लेअर रेडारको प्रयोग गरेर डेटाहरू अनुगमन गर्ने गरिन्छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।