बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

अर्काको कुरा काट्न प्रतिबन्ध लगाइएको अनौठो गाउँ


  • KTM Khabar
  • बुधबार, पुष २१ २०७८
13.5K
SHARES

संकेत तस्बिर

फिलिपिन्सको एउटा गाउँमा एक अर्काको कुरा काट्न प्रतिबन्ध लगाइएको छ । मनिलाको उत्तरी क्षेत्रबाट करिब दुई सय किलोमिटर टाढा रहेको सो गाउँमा त्यहाँका स्थानीय अधिकारीहरुले नयाँ कानून नै बनाएका छन् ।

कसैको अनावश्यक कुरा काटेको थाहा भएमा कारर्वाही अनुरुप शहरको फोहोर संकलन गर्न लगाइन्छ । पहिलो पटक कुरा काट्नेले ३.८ डलर तिर्नुपर्ने हुन्छ भने तीन घण्टासम्म सडकको फोहोर बटुल्नुपर्छ ।

साथै त्यही कुरा दोहोराउनेले २० डलरसम्म तिर्दै आठ घण्टासम्म फोहोर बटुल्नुपर्छ । मेयर र्‍यामन गुइकोले व्यक्तिको सम्बन्ध र आर्थिक विषयमा कुरा गरे त्यो दण्डनीय हुने बताएका छन् ।

आफ्नो छिमेकी गाउँ मोरेनोमा पनि सन् २०१७ देखिनै सो कानुन लागु गरिएको गुइको बताए । त्यहाँका स्थानीयले सार्वजनिक रुपमा कुरा काटेका कारण करिब १० डलर जरिवाना तिरिसकेका छन् भने फोहोरसमेत संकलण गरेका छन् ।

कुरा काट्नु समयको बर्बादी भएको बताउदै मेयर गुइकोले भने, ‘मानिसहरुले यो भन्दा निकै राम्रो काम गर्न सक्छन् । कुरा काट्ने प्रवृत्तिलाई प्रतिबन्ध लगाउँदा मानिसहरुको गुणस्तरीय जीवनमा सुधार ल्याउन सकिन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा