शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

‘गर या मर’को अबस्थामा भिड्दै पोर्चुगल र नर्थ म्यासेडोनिया, कसले मार्ला बाजी ?


  • मंगलबार, चैत्र १५ २०७८
10.1K
SHARES

फाइल तस्विर

फिफा विश्वकप २०२२ को युरोपियन छनोट अन्तर्गतको प्ले अफ खेलको फाइनलमा पोर्चुगल र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुने भएको छ। सो खेल नेपाली समयअनुसार मंगलबार राति (बुधबार बिहान) १२ः३० बजे शुरु हुनेछ।

यो खेल जित्ने टोलीले विश्वकपमा स्थान बनाउने छ भने अर्को टोलीको विश्वकप सपना समाप्त हुनेछ। त्यसकारण दुबै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण रहेको छ। प्ले अफको सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियाले इटालीलाई स्तब्ध बनाएको थियो भने पोर्चुगलले टर्कीलाई पाखा लगाएको थियो ।

हालसम्म पोर्चुगल नर्थ म्यासेडोनियाबीच एक खेलमा मात्र प्रतिस्पर्धा भएको छ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा यी दुई टोली आमनेसामने भएको उक्त खेल बराबरीमा सकिएको थियो । समूहबाट सिधै विश्वकपमा छनोट हुन नसकेको पोर्चुगल जसरी पनि विश्वकपमा स्थान बनाउने लक्ष्यमा छ। यता चारपटकको विश्व च्याम्पियन तथा युरो च्याम्पियन इटालीलाई हराउँदै नर्थ म्यासेडोनियाले विश्वकपमा स्थान बनाउन दाबेदारी प्रस्तुत गरिसकेको छ।

छनोट भएका देश

१. कतार
२. जर्मनी
३. डेनमार्क

४. ब्राजिल
५. फ्रान्स
६. बल्जियम

७. क्रोएशिया
८. स्पेन
९. सर्बिया

१०. इंग्ल्यान्ड
११. स्विटजरल्यान्ड
१२. नेदरल्यान्ड्स

१३. अर्जेन्टिना
१४. इरान
१५. दक्षिण कोरिया

१६. जापान
१७. साउदी अरेबिया
१८. इक्वीडर
१९. उरुग्वे
२०. क्यानडा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा