शनिबार, साउन ९ २०८३
ताजा अपडेट

यी हुन् विश्वकप २०२२ मा छनोट भएका देशहरु (नामावली)


  • शुक्रबार, चैत्र ११ २०७८
10.6K
SHARES

काठमाडौं । कतारमा हुने विश्वकप फुटबलमा हालसम्म १५ देश छनोट भइसकेका छन् । युरोपबाट १० देशले सन् २०२२ मा कतारमा हुने विश्वकपमा स्थान बनाएका छन्।

त्यस्तै एसियाबाट ४ देश र दक्षिण अमेरिकाबाट ४ देशले विश्वकपमा स्थान बनाएका छन्। कतारले आयोजकको हैसियतमा २०२२ को विश्वकप फुटबल खेल्दैछ।

हाल पनि विश्वकप छनोटमा केही खेलहरु जारी छन्। विश्वकपमा अफ्रिकाबाट ५, एशियाबाट ४ सिधै र १ ले प्ले अफ, यूरोपबाट १३, उत्तर अमेरिका र क्यारेबियनबाट ३ र १ प्ले अफ, ओसेनियाबाट १ प्ले अफ र दक्षिण अमेरिकाबाट ४ सिधै र एक प्ले अफ गरी कुल ३२ राष्ट्र छनोट हुने फिफाको नियम छ ।

अन्तर महादेशीय प्ले अफमा एशियाबाट पाचौं हुनेले दक्षिण अमेरिकाको पाचौं हुने टोलीसँग प्ले अफ खेल्नेछन् । दुई चरणको प्ले अफमा गोलका आधारमा छनोट हुनेछ । उत्तर अमेरिकी महादेशको चौंथो हुने देशले ओसेनियाबाट छनोट भएर आएको टोलीसँग दुई चरणको प्ले अफ खेल्नेछन् ।

छनोट भएका देश

१. कतार २. जर्मनी ३. डेनमार्क ४. ब्राजिल ५. फ्रान्स ६. बल्जियम ७. क्रोएशिया ८. स्पेन ९. सर्बिया १०. इंग्ल्यान्ड ११. स्विटजरल्यान्ड
१२. नेदरल्यान्ड्स १३. अर्जेन्टिन १४. इरान १५. दक्षिण कोरिया १६. जापान १७. साउदी अरेबिया १८. इक्वीडर १९. उरुग्वे


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा