शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पुटिनका सेना युक्रेनको हवाई क्षेत्रमाथि नियन्त्रण गर्न असफल भएको बेलायतको दाबी !


  • मंगलबार, चैत्र ८ २०७८
13.6K
SHARES

Photo: Agency

रुसले लगातार युक्रेनमाथि आक्रमण जारी राखेको छ । रुस युक्रेन युद्धले उग्र रूप लिँदा विश्व अर्थतन्त्र नै धराशायी हुने अवस्थामा आएको विश्लेषण सरूँ भएको अवस्थामा बेलायतको रक्षा मन्त्रालयले रुसले युक्रेनको हवाई क्षेत्रमाथि नियन्त्रण गर्न असफल भएको र रुसी हवाई क्षेत्रबाट प्रक्षेपण गरिएका अस्त्रहरूमा भर परिरहेको बताएको छ।

युक्रेनको हवाई क्षेत्रलाई कब्जा गर्नु रुसको प्रमुख उद्देश्यमध्ये एक भएको बेलायती रक्षा मन्त्रालयको जिकिर छ । तर योजनाअनुसार रुस सफल हुन नसकेको बताइएको छ ।

द्वन्द्वको सुरुवाती दिनमा युक्रेनको हवाई क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउनु रुसको प्रमुख उद्देश्यमध्ये एक थियो। तर निरन्तर प्रयासपश्चात् पनि त्यसो गर्न असफल हुनुले रुसी पक्षको प्रगतिलाई धुमिल बनाएको छु मन्त्रालयले जनाएको छ।

यद्यपि रुसी हवाई हमलाहरू दिनभर भइरहेको विवरणहरू समाचार माध्यममा आइरहेका छन् । रुस युक्रेन युद्धले उग्र रुपलिदा विश्व अर्थतन्त्र नै धरासायी अवस्थामा पुगेको छ।

रुसले विभिन्न सहरमा आक्रमण जारी राख्दा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनसँग “अविलम्ब” वार्ताका लागि अघि सर्न आह्वान गरेका छन्।उनी शान्ति सम्झौताका लागि तयार सुनिए पनि अन्य देशहरूसँग रुसमाथि प्रतिबन्धहरूको माग गर्दै आएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा