शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य


  • शुक्रबार, चैत्र ४ २०७८
9.2K
SHARES

फाइल तस्विर

विश्वकप लिग टूमा युएईले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ ।

नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएई ४६.३ ओभरमा १६८ रनमै अलआउट भएको हो ।

सोमपाल कामीले पावर प्ले भित्रै ३ विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । युएईका लागि मध्यक्रमका सीपी रिजवान र रोहन मुस्ताफाले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि नेपाली बलरले पुनरागमन गरे ।

नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्षक्रमका तीन ब्याटरलाई आउट गरे । सोमपालले चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफशेखबाट क्याच आउच गराए थिए भने ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा आसिफबाटै क्याचबउट गराए ।

९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । वासिम २१ रन बनाएर आउट भए ।

युएईले पावर प्लेमा ३ विकेट गुमाएर ३५ रन मात्र जोडेको थियो । त्यसपछि ११औं ओभरको तेस्रो बलमा करण केसीले २ रन बनाएका आसिफ खानलाई आउट गराएपछि युएई ३५-४ को स्थितीमा पुगेको थियो । नेपालले १९ ओभरसम्म तीन तिव्र गतिका बलर प्रयोग गरेको थियो ।

तर सीपी रिजवान र रोहन मुस्ताफाले पाँचौ विकेटका लागि २३ ओभरमा ७७ रनको साझेदारी गरे । दुवैले ४०-४० रन बनाए । मुस्ताफाले २ चौका र १ छक्का समेत प्रहार गरे । सीपी रिजवानलाई ३४औं ओभरमा कप्तान सन्दीप लामिछानेले आसिफ शेखबाट क्याचआउट गराए भने मुस्ताफालाई ३९औं ओभरमा दीपेन्द्र सिंह ऐरीले बोल्ड गरे ।

त्यसपछि सागर ढकालले बसिस हमिदलाई ४१औं ओभरमा ज्ञानेन्द्र मल्लबाट क्याचबउट गराउँदै ओडीआईमा डेब्यु विकेट लिए । हमिदले १४ रन बनाए । कासिफ दाउदले १८ रन जोडे । कासिफलाई सोमपालले ४६औं ओभरमा कुशल भुर्तेलबाट क्याचआउट गराएका हुन् । बलिङमा नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । यस्तै किफायती बलिङ गरेका करण केसीले ७.३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा