शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

…त्यस पछि समर्थकले मेसी र नेयमारलाई गिज्याइरहे, प्रशिक्षक पोचेटिनो खनिए


  • सोमबार, फाल्गुन ३० २०७८
11.5K
SHARES

एजेन्सी । च्याम्पियन्स लिगको उपाधि दाबेदार मानिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) अन्तिम १६ बाटै बाहिरयो । स्पेनिस क्लब रियल मड्रिडसँगको पहिलो लेगमा १–० गोलले विजयी भएको पिएसजी दोस्रो लेगमा ३–१ गोलले स्तब्ध हुँदै समग्रमा ३१ गोलले पराजित भयो ।

पिएसजी बाहिरिएसँगै समर्थकहरुले पनि टोलीका मुख्य दुई फरवार्ड लियोनल मेसी र नेयमार जुनियरसँग असन्तुष्टि पोखेका छन्। प्रदर्शन राम्रो नभएको भन्दै उनीहरुले आक्रोश पोखेका हुन् । आइतबार पिएसजीले घरेलु मैदानमा बोर्डेअक्सको सामना गर्दा मेसी र नेयमारलाई लक्षित गरेर समर्थकहरुले ‘बु’ गरेका थिए। यो क्रम उनीहरुले खेलको अन्तिमसम्म नै जारी राखे । मेसी र नेयमारको खुट्टाले बल पर्ने बित्तिकै समर्थकहरु विरोधस्वरुप ‘बु’ गरिरहेका थिए ।

सो खेलमा नेयमारले मेसीको पासमा गोल परे पनि समर्थकहरु भने शान्त देखिएनन् । मैदानमा रहेका मेसी र नेयमारले आफ्नै समर्थकहरुको अपमान सहनुपरेको छ । तर यसबारेमा टोलीका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले मुख खोलेका छन् । यस विषयमा पत्रकारहरुले प्रश्न राख्दा पोचेटिनोले खेलाडीमाथि भएको व्यवहारको आलोचना गरेका छन् । उनले दुई खेलाडीलाई मात्र लक्षित गरिनु ठीक नभएको बताए ।

पत्रकारहरुसँग उनले भने, ‘जित र हार दुवै टोलीको हुन्छ । दुई खेलाडीलाई मात्र लक्षित गरेर गरिएको व्यवहार ठीक भएन,’ उनले भने, ‘हामी सबै प्रशंसकहरूको यो क्रोधको हकदार छौं। नेयमार र मेसीलाई मात्र लक्षित गरिनु ठीक होइन।’

मेसी र नेयमार दुई विश्व स्तरीय खेलाडी रहेको हुँदा सम्मानजनक व्यवहार गरिनु पर्ने पनि पोचेटिनोले बताए। उनले भने, जब हामी हार्छौं वा जित्छौं, यो सधैं एक टोलीको रूपमा हुन्छ। हामी हाम्रा समर्थकहरूको निराशा बुझ्छौं।’

जितमा रमाउने समर्थकहरुले हारमा पनि टोलीको साथ दिनुपर्ने उनको भनाई छ। आगामी खेलहरुमा राम्रो नतिजा निकाल्नका लागि टोलीको हौसला बढाइराख्नुपर्ने उनले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा