शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मेसी र नेयमारको केही चलेन, पीएसजी निससँग १–० अन्तरले पराजित


  • आइतबार, फाल्गुन २२ २०७८
9K
SHARES

फाइल तस्विर

पीएसजी  निससँग स्तब्ध भएको छ। शनिबार राति भएको लिग वानको खेलमा दोस्रो स्थानको निससँग पीएसजी १-० गोल अन्तरले पराजित भएको हो।

घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले निर्णायक गोल गरे। उनले खेल सकिन दुई मिनेट अघि गोल गरेका थिए।  लिओनल मेसी, नेयमारसहित मैदाद उत्रिएको पिएसजीले पाएका राम्रा मौका खेर फाल्दा हार व्यहोर्नुपर्‍यो।

जारी लिगमा पीएसजीको यो तीन हार हो। २७ खेलमा ५ बराबरी र १९ जित निकालेको पिएसपीले शीर्ष स्थानमा १३ अंकको अग्रता कायमै राखेको छ।

जितसँगै निसले पीएसजीसंगको अंक दूरी घटाएको छ। समान खेलबाट निसले ४९ अंक पुर्‍याएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा