शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

युएईविरुद्ध नेपाललाई १७६ रनको लक्ष्य


  • मंगलबार, फाल्गुन १० २०७८
8.6K
SHARES

फाइल तस्विर

आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनल चरणको खेल आज नेपालले युएईसँग खल्दै छ।

नेपालले युएईविरुद्ध कप्तान सन्दीप लामिछानेसहित विकेट किपर आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, ज्ञोनन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, अविनाश बोहरा, जितेन्द्र मुखिया, लोकेश बम, कमलसिंह ऐरी र बिवेक यादवलाई मैदानमा उतारको छ।

ओमानस्थित अल अमेरात किक्रेट मैदानमा हुने खेलमा युएईले टस जितेर ब्याटिङ रोजेको छ। युएईले नेपाललाई १ सय ७६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिंग गरेको युएईले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १७५ रन जोडेका हो।

टस जितेर पहिलो व्याटिङ गरेको युएईले विष्फोटक सुरुवात गरेको थियो । निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको युएईका लागि ओपनर मोहम्मद वासिमले ७० रन बनाए । उनले ४८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले समान ३ विकेट लिए।  युएईले टस जित्दै ब्याटिंग रोजेको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा