शनिबार, साउन ९ २०८३
ताजा अपडेट

क्यानडाले नेपाललाई दियो ८१ रनको लक्ष्य : क्यानडा ८० रनमा अलआउट, सन्दीपले लिए ३ विकेट


  • सोमबार, फाल्गुन ९ २०७८
9.4K
SHARES

फाइल तस्विर

आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई क्यानडाले ८१ रनको लक्ष्य दिएको छ।

ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रनमा अलआउट भयो।

क्यानडाविरूद्ध नेपालले पहिलो ओभरमै विकेट लिएको थियो। कमलसिंह ऐरीले पाँचौ बलमा म्याथ्यु स्पूर्सलाई शून्यमा आउट गरे। चौथो ओभरमा क्यानडाका कप्तान नवनीत धलिवाल १८ रनमा कमलले नै आउट गरेका थिए।

अर्को ओभरमा ओपनर रायन पठान १४ रनमा रनआउट भए। उनलाई कमलसिंह ऐरीले अभिनास बोहराबाट रनआउट गराएका थिए।

रविन्दरपाल सिंहलाई अभिनासले छेटौं ओभरमा आउट गरे भने सातौं ओभरमा सन्दीप लामिछानेले हम्जा तारिकलाई १ रनमा एलबिडल्लूको धरापमा पारे।

नवौं ओभरमा करिम सनालाई पनि सन्दीपले १ रन कुशल मल्लबाट क्याच गराए। दशौं ओभरमा कुशलले हर्ष थकरलाई २ रनमा एलबिब्लूको धरापमा पारे।

कप्तान सन्दीपले व्यक्तिगत ३ विकेट लिने क्रममा एघारौं ओभरमा जुनइद सिद्धिकीलाई २ रनमा आरिफ शेखबाट क्याच गराए।

अभिनासले अन्तिम विकेटको रुपमा सलमान नजरलाई १० रनमा आउट गरे। क्यानडाका लागि डिलोन हेलिगरले सबैभन्दा बढी नटआउट २४ रन जोडे।

बलिङमा नेपालका सन्दीपले ३ विकेट लिँदा कमलसिंह ऐरी र अभिनास बोहरीले २-२ विकेट हात पारे। कुशल मल्लले १ विकेट लिँदा नेपालले २ रनआउट गरेको थियो।

सन्दीपले चार ओभरमा १२ रन दिए।

यो खेलमा जित हात पारे नेपाल समूह १ को विजेताको रूपमा सेमिफाइनल पुग्नेछ। सेमिफाइनलमा जित हात पारे नेपाल यो वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा पुग्नेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा