शनिबार, साउन ९ २०८३
ताजा अपडेट

फागुन १८ मा नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट


  • सोमबार, फाल्गुन ९ २०७८
11K
SHARES

फाइल तस्विर

सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता फागुन १८ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ ।

आयोजक नेपालस्थित पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म संचालन हुने जानकारी दिएको हो । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ ।

सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको दुतावासले जनाएको छ । चार समूहमा बिभिन्न क्रिकेट क्लव तथा एकेडेमीको सहभागीता रहने बताइएको छ ।

चारवटै समूहका विजेताहरु सेमिफाइनल प्रवेश गर्नेछन् । पत्रकार सम्मेलनमा नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले क्रिकेटमा युवाहरुको आकर्षण बढाउनका लागि र खेल प्रतिको भावना बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

त्यस्तै नेपाल क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले नेपालको क्रिकेटम पाकिस्तानले गरेको सहयोगको चर्चा गरे ।

प्रतियोगिताको उदघाटन खेलमा पाकिस्तान दूताबासले एचके क्रिकेट क्लबविरुद्ध खेल्नेछ भने प्रतियोगिताका खेलहरु धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुने दुतावासले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा