शनिबार, साउन ९ २०८३
ताजा अपडेट

टी-२० विश्वकप ग्लोबल क्वालिफायर : नेपालले आज क्यानडासँग खेल्दै


  • सोमबार, फाल्गुन ९ २०७८
9.9K
SHARES

फाइल तस्विर

ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ ।

खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ ।

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो ।

नेपाल ४ अंक जोडेर शीर्ष स्थानमा छ । क्यानडा र ओमान समान २ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन् ।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल जितेर फाइनलमा स्थान बनाउने दुई टोलीले अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने ट्वान्टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

समूह ‘ए’मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् । यूएईले दुई खेल जितेर शीर्ष स्थानमा छ । समान एक खेल जितेका बहराइन र आयरल्यान्ड समान दुई अंकका साथ बहराइन र आयरल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । जर्मनी अंकबिहीन छ ।

समूह ‘ए’मा आयरल्यान्डले जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ भने यूएईले बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।  मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडमीको मैदानमा नेपाल र क्यानडाबीचको खेल दिउँसो ३ः४५ बजे हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा