शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

फिलिपिन्स माथि नेपालको विशाल जित


  • शनिबार, फाल्गुन ७ २०७८
8.9K
SHARES

फाइल तस्विर

आइसिसि टि२० विश्वकप ग्लोबल छनोट ए मा नेपालले लगातार जित निकालेको छ। शनिबार तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी फिलिपिन्स विरुद्ध नेपालले १३६ रनको विशाल जित निकालेको हो।

टस जितेर सुरुमा बलिङ रोजेको फिलिपिन्सले ४.२ ओभरमा ३६ रन बेहोर्दै २ विकेट लिएपनि त्यसपछि आएका दिपेन्द्र सिंह ऐरि र ओपनर कुशल भुर्तेलले १६२ रनको किर्तिमानी साझेदारी गरेपछि नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनायो।

त्यस विशाल लक्षमा भुर्तेलको ६१ बलमा १०४ रनको योगदान रह्यो। १३ चौका र १ छक्का हिर्काएका भुर्तेलको यो पहिलो टि२०आइ शतक हो। यस्तै दिपेन्द्रले पनि ४७ बलमा आफ्नो ‘करियर बेस्ट’ ८३ रन बनाए। कुशल मल्लको १२ तथा लोकेश बामको ६ रनजो योगदान रह्यो। फिलिपिन्सका डेनियल स्मिथ, जिन म्याग्वेल पोडोस्कि र गुर्पिन्दरले १-१ विकेट हात पारे।

जवाफ फिलिपिन्सले २० ओभरमा ८ विकेट गुमाउँदै ८२ बनायो। फिलिपिन्सको ब्याटिङलाई धरासायी बनाउन कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ९ रन दिएर ३ विकेट चट्काए। गुल्सन झा, जितेन्द्र मुखिया, अभिनाष बोहरा, कुशल मल्ल र दिपेन्द्रले कन्जुस्याइँपूर्ण बलिङ गर्दै १-१ विकेट हात पारे।

फिलिपिन्सका डेनियल स्मिथ (२०) र जोर्डन एलेग्रि (२४) र जोनाथन हिल (११) बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस् जितका बाबजुद नेपालको सेमिफाइनल यात्रा तय भैसकेको छैन। समुह चरण अन्तिम खेलमा क्यानडालाई हराउने नसके नेट रन रेटलेयस् समुहको सेमिफाइनलिस्टको टुंगो लाग्नेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा