शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

रियल म्याड्रिड स्पेनिस कोपा डेल रेबाट बाहिरियो


  • शुक्रबार, माघ २१ २०७८
9.6K
SHARES

फाइल तस्विर

ला-लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड स्पेनिस कोपा डेल रेबाट बाहिरिएको छ।

बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १–० गोल अन्तरले पराजित हुँदै रियल मड्रिड कोपा डेल रेबाट बाहिरिएको हो

रियलको हारसँगै एथ्लेटिक बिल्बाओ सेमिफाइनलमा पुगेको छ।

एथ्लेटिक बिल्बाओलाई जिताउन एलेक्स बेरेन्गुएरले निर्णायक गोल गरे। उनले खेलको ८९ औं मिनेटमा भेस्गाको पासमा गोल गर्दै बिल्बाओलाई अन्तिम चारमा पुर्‍याए।

यससँगै एथ्लेटिक बिल्बाओ एकै सिजनमा रियल मड्रिड र बार्सिलोनालाई स्पेनिस कोपा डेल रे कपबाट आउट गर्ने दोस्रो टोली बनेको छ।

यअघि रियल जारागोजाले पनि यी दुवै टोलीलाई एकै सिजनमा कपबाट बाहिर पुर्‍याएको थियो।  एथ्लेटिक बिल्बाओसँगै भ्यालेन्सिया, रियल बेटिस र रायो भोलकानो सेमिफाइनलमा पुगेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा