नेपालले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । दशरथ रंगशालामा भएको नेपालले ११औं मिनेटमा सुजल श्रेष्ठको गोलमार्फत अग्रता लिएको हो ।
गत शनिबार भएको पहिलो खेल जितेको नेपालले दोस्रो खेलमा पनि राम्रो सुरुवात गरेको छ । खेलको १३औं मिनेटमा मरिससले पाएको पेनाल्टी नेपालका गोलकिपर किरण चेम्जोङले जोगाउदै बराबरी गोल हुनबाट बचाएका छन् ।
नेपाली राष्ट्रिय फुटबल टिमले मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। घरेलु मैदान दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलमा नेपालले लगातार दोस्रो जितको खोजीमा रहनेछ।
यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोलले पराजित गरेको थियो।शनिबारको खेलमा नेपालको जितका लागि विमल घर्तिमगरले गरेको गोल निर्णायक बन्यो। नेपाल लागातार दोस्रो जितको लक्ष्यमा भए पनि मोरिसस नेपालसँग बराबरी खेल्न चाहन्छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।