शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मेसी अर्जेन्टिनी टिम बाहिर


  • बिहिबार, माघ ६ २०७८
8.9K
SHARES

फाईल तस्बिर

अर्जेन्टिनाले विश्वकप छनोट प्रतियोगितामा चिली र कोलम्बियाविरुद्धको खेलका लागि लियोनल मेसीलाई टोलीबाट बाहिर राखेको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड मेसी कोभिड–१९ संक्रमित भएका थिए । मेसी कोभिड–१९ संक्रमणमुक्त भइसके पनि पूर्ण फिट छैनन् ।

दुईपटकको विश्वकप विजेता र कोपा अमेरिकाको साविक विजेता अर्जेन्टिनाले कतारमा हुने प्रतियोगिताका लागि स्थान पक्का गरिसकेको छ ।

३४ वर्षीय मेसीले गएको डिसेम्बर २२ यता पीएसजीका लागि पनि खेलेका छैनन् । फ्रेन्च लिग वानमा एफसी लोरिएन्टविरुद्ध खेलेपछि मेसीले क्लबबाट पनि खेलेका छैनन् । त्यसैकारण उनले २७ सदस्यीय टोलीबाट आफूलाई बाहिर राखेका हुन् ।

अर्जेन्टिनाले यही जनवरी २७ मा चिली र फेब्रुअरी १ मा कोलम्बियाविरुद्ध खेल्नेछ ।

मेसी अर्जेन्टिनामै बिदा मनाउँदा कोभिड–१९ संक्रमित भएका थिए । उनी पेरिस फर्किएर व्यक्तिगत रूपमा प्रशिक्षण गरिरहेका छन् । पीएसजीले फेब्रुअरी १५ मा च्याम्पियन्स लिगको अन्तिम–१६ मा रियाल मड्रिडविरुद्ध खेल्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा