शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

लेवान्डोस्कीले दोस्रो पटक जिते उत्कृष्ट फिफा वर्ष खेलाडीको अवार्ड


  • मंगलबार, माघ ४ २०७८
8.8K
SHARES

फाईल तस्बिर

पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड दोस्रो पटक जितेका छन् । वायर्न म्युनिकका स्ट्राइकर समेत रहेका उनले लगातार यस वर्ष पनि फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् ।

३३ वर्षीय लेवान्डोस्कीले गत वर्ष ६९ गोल गरेका थिए । उनले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए ।
लेवान्डोस्कीले यो अवार्ड जित्न लिभरपुलका मोहमद सालाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेस्सीलाई पछि पारे ।

अवार्ड जितेपछि खुसी व्यक्त गर्दै गर्वको महसुस भएको बताएका छन् । उनले भनेका छन्, ‘म यो यो सम्मान पाउँदा गर्वको महसुस गरेको छु । यसको श्रेय मेरो टोलीका साथीहरू र प्रशिक्षकहरुमा जान्छ ।’

म्यान्चेस्टर युनाइटेडका क्रिस्टीयानो रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रुपमा सम्मान गरिएको हो ।

सेभिल्लाका इरिक लामेलाले फिफा पुस्कास अवार्ड प्राप्त गर्दा चेल्सीका इडोआर्ड मेन्डीले उत्कृष्ट गोलरक्षकको अवार्ड हात पारे ।

डेनमार्डको पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा फेयर प्ले अवार्ड जित्यो ।

महिलातर्फ बार्सिलोनाकी अलेक्सिया पुटेलासले उत्कृष्ट फिफा महिला वर्ष खेलाडीको अवार्ड हात पारिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा