आइतबार, माघ ९ २०७८
ताजा अपडेट

इब्राहिमोविचले बराबरी गरे रोनाल्डोको कीर्तिमान


  • KTM Khabar
  • सोमबार, पुष २६ २०७८
1.1K
SHARES

फाईल तस्बिर

एसी मिलानका स्टार ज्लाटान इब्राहिमोविचले क्रिस्टियानो रोनाल्डोले बनाएको कीर्तिमान बराबरी गरेका छन् । इटालियन सिरिए ए मा भेनेजियाविरुद्ध गोल गर्दै इब्राहिमोविचले युरोपका मुख्य लिगमा ८० वटा विभिन्न क्लबविरुद्ध गोल गर्दै सो कीर्तिमान बराबरी गरेका हुन् ।

यो उपलब्धि हासिल गर्ने रोनाल्डोपछि उनी मात्र दोस्रो खेलाडी हुन् । युभेन्टसबाट ओल्ड ट्राफोडमा फर्किएपछि गत डिसेम्बर ३० मा बर्नलीविरुद्ध गोल गर्दै रोनाल्डोले सो कीर्तिमान बनाएका थिए ।

रोपको उत्कृष्ट सेन्टर फरवार्ड मानिने इब्राहिमोविचले २२ वर्षे आफ्नो करियरमा युरोपका विभिन्न लिगमा खेल्ने अवसर प्राप्त गरेका छन् । ४० वर्षको उमेरमा पनि उनी अझै रोकिने मुडमा देखिएका छैनन् । जनवरी २०२० मा एसी मिलानमा दोस्रोपटक भित्रिएका इब्राले त्यसयता ३६ गोल गरिसकेका छन् ।

सन् १९९९ मा माल्मोबाट आफ्नो करियरको सुरुवात गरेका उनले केही समय अमेरिकामा एलए ग्यालेक्सीबाट पनि खेलेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा