शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रशिक्षक दशानायके भन्छन् : कप्तान परिवर्तन हुँदैन


  • बिहिबार, पुष १५ २०७८
13.6K
SHARES

फाइल तस्विर

मुख्य प्रशिक्षक पुबुदु दशनायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन नहुने बताएका छन् । मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कप्तान परिवर्तनको अधिकार नेपाल क्रिकेट संघ (क्यान) लाई हुने बताए ।

क्यानले हालै मात्र ग्रेडिङमा असन्तुष्टि जनाएको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको छ । खेलाडीहरू भने निर्णय पुर्नविचार गर्न माग गर्दै आएका छन् ।

क्यानका क्रिकेट म्यानेजर विनोद दासका अनुसार बन्द प्रशिक्षणका लागि ३० खेलाडी बोलाउने तयारी छ । उनले भने, ‘भोलिबाट खेलाडीले रिपोर्टिङ गर्छन्, दुईतीन दिनपछि क्याम्प सुरु हुन्छ ।’

मुख्य प्रशिक्षक दशानायकेले आफू दोस्रो पटक नेपाल आउन पाउँदा खुशी लागेको बताए । ‘यसअघिकाे मेमाेरी राम्राे रह्याे । २०११ मा आउँदा नेपाल डिभिजन ४ मा थियाे । छुट्टै चुना‌ैती थियाे  । अहिले आउँदा नेपाल टी-२० र ओडीआई कन्ट्री भएकाे छ । खेलाडीको विकास भएकाे छ । बाहिर गएर खेलाडीसके । अहिलेको चुना‌ैती फरक छ’ उनले भने ।

नेपाली युवा खेलाडीमा प्रतिभा रहेको भन्दै मुख्य प्रशिक्षक दशानायकेले अरु एसाेसिएट देशमा यस्तो नदेखिएको टिप्पणी गरे । ‘नेपालमा खेलाडी उत्पादन गर्ने आफ्नै पाइपलाइन छ’ उनी भन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा