स्पेनका फरवार्ड फेरान टोरेस म्यानचेस्टर सिटीबाट बार्सिलोनासँग अनुबन्ध गरेका छन् । उनले सन् २०२७ सम्म क्लबसँग करार गरेका छन् ।
उनको ‘बाई आउट क्लज’ १ अर्ब युरो राखिएको छ । २१ वर्षीय फरवार्डलाई बार्सिलोनाले ४.६३ करोड पाउन्ड खर्च गरेको बताइएको छ ।
उनी १८ महिनाअघि मात्र भ्यालेन्सियाबाट सिटी पुगेका थिए । गत अक्टोबरमा अन्सु फाती र पेड्रीले पनि बार्सिलोनासँग १ अर्ब युरो ‘बाई आउट क्लज’ सहितको नयाँ करार गरेका थिए ।
बार्सिलोनाले पेड्रीका लागि ८४ लाख थप ‘एड अन’ का रूपमा तिर्नुपर्नेछ । ला लिगाको आर्थिक नियमअनुसार बार्साले अब केही खेलाडीहरूलाई अनिवार्यरुपमा बेच्नुपर्नेछ ।
सिटीका लागि ४३ खेल खेल्दै उनले १६ गोल गरेका थिए । यो सिजन सिटीका लागि सुरुवाती ६ खेलेपछि उनी साउथह्याम्पटनको खेलमा बेञ्चमा सीमित भएका थिए ।
त्यसको अर्को महिना स्पेनका लागि खेल्ने क्रममा घाइते भएपछि उनले कुनै पनि खेल खेलेका छैनन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।