शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

उज्वेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन


  • मंगलबार, पुष १३ २०७८
7.7K
SHARES

फाइल तस्विर

एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल महिलातर्फ च्याम्पियन भएको छ।

मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनल भिडन्तमा उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो।पहिलो सेट नेपालले २६-२४ ले जितेको थियो। दोस्रो सेट भने नेपालले गुमायो। दोस्रो सेटमा उज्वेकिस्तान २६-२४ ले नै विजयी भयो।

तेस्रो सेटमा नेपालले उत्कृष्ट खेल देखायो। नेपाल २५-१५ ले विजयी हुन सफल भयो। चौथो सेटमा फेरि उज्वेकिस्तान हाबी भयो। चौथो सेट २४-२२ ले जित्दै उज्वेकिस्तानले खेललाई २-२ को बराबरीमा ल्यायो। निर्णायक पाँचौ सेट १५-१० ले जित्दै नेपाल च्याम्पियन भयो।

दुई वर्षअघि पनि नेपालले प्रतियोगिताको उपाधि जितेको थियो। नेपालले त्यतिबेला फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। त्यतिबेला उपाधि जित्ने क्रममा नेपालले समूह चरण र फाइनलमा गरी कुनै पनि सेट गुमाएको थिएन।

नेपाली महिला भलिबल टिम सन् १९९९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो। नेपालले सन् २००६, २०१० र २०१६ को सागमा कास्य पदक हात पारेको थियो।

नेपाली महिला भलिबल टिमले जितेको ठूलो पदक २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत जितेको थियो।

महिला भलिबलले अन्तर्राष्ट्रिय सहभागीता जनाउन थालेको २० वर्षपछि उपाधि जितेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा