राष्ट्रिय क्रिकेट टीमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले राष्ट्रिय टीममा सबैका लागि ढोका खुला रहेको बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले कप्तानमा नियुक्त गरेपछि आइतबार फेसबुकमा उनले टीममा सबैका लागि ढोका खुला रहेको बताएका हुन् । क्यानले राष्ट्रिय टीमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई हटाउँदै सन्दीपलाई कप्तानको जिम्मा दिएको छ ।
सन्दीपले भनेका छन् ‘एउटा टीमको रुपमा हाम्रो योजना सामान्य छ, क्रिकेटको अन्तर्राष्ट्रिय रोडम्यापमा नेपालको प्रभावकारी उपस्थिति देखाउने, त्यसका लागि हामीले एउटा परिवार, एउटै टीम र युनिटजस्तो गरी खेल्नुपर्छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।