यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो आमने सामने हुने भएका छन्।
युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले सोमबार सार्वजनिक गरेको तालिका अनुसार मेसी सम्मिलित पेरिस सेन्ट जर्मेन (पीएसजी) र रोनाल्डो सम्मिलित म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा भिड्ने भएका हुन्।
यसै सिजन स्पेनिस क्लब बार्सिलोना छाडेर मेसी फ्रेन्च क्लब पीएसजी पुगेका थिए भने इटालियन क्लब युभेन्टस छाडेका रोनाल्डो इङ्ग्लिस क्लब युनाइटेड पुगेका थिए।
रोनाल्डो च्याम्पियन्स लिगका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। उनले हालसम्म १ सय ४१ गोल गरेका छन्। यस्तै, ५ पटक च्याम्पियन्स लिग जितेका छन्।
यता, यसैगरी मेसी दोस्रो सर्वाधिक गोलकर्ता हुन्। उनले १ सय २५ गोल गरेका छन् भने ४ पटक युरोपियन च्याम्पियन्स लिग जितेका छन्।
यसअघि सोमबार नै भएको पहिलो ड्र सफ्टवेयरको खराबीका कारण अमान्य रहेको थियो। युईएफएलाई स्वतन्त्र संयन्त्रले ड्रको नतिजालाई अस्वीकार गरेपछि पुन: ड्र गरिएको हो ।
सुरूवाती ड्र अनुसार एक आपसमा पर्न नमिल्ने टोली पनि एक आपसमा राखिएपछि समस्या आएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।